सावटै प्रदेशको बजेट ठूलो आकारको, कुन प्रदेशको कति ?



नेपाल समाचारपत्र, काठमाडौं ।
आज देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६र७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्ने प्रावधान रहेको छ ।
कुन प्रदेशको बजेट कति ?

सबै प्रदेशले चालु आर्थिक वर्षको भन्दा केही ठूलो आकारको बजेट ल्याउन लागेका छन् ।

प्रदेश १ सरकारले करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा उसले ३५ अर्ब २ करोडको बजेट सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस
सातै प्रदेशले पाए नयाँ बजेटको सिलिङ ९सूचीसहित०

प्रदेश २ को बजेट करिब ३५ अर्बको हुने गरी आर्थिक योजना मन्त्रालयले तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २९ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी प्रदेश ३ को सरकारले ४८ देखि ५० अर्बको वीचमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले ३५ अर्बको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । यो प्रदेशले चालु आर्थिक वर्षमा २४ अर्बको बजेट ल्याएको थियो ।

प्रदेश ५ को बजेट करिब ३४ अर्बको हाराहारीमा आउने प्रदेश मन्त्रालय स्रोतको भनाइ छ । यस प्रदेशले पहिलो आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

कर्णाली प्रदेशले ३३ अर्बको हाराहारीमा बनेट ल्याउन लागेको छ । कर्णालीले चालु आर्थिक वर्षमा २८ अर्बको बजेट ल्याएको थियो ।

त्यसैगरी सुदुर पश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा यो प्रदेशले २५ अर्बको बजेट बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्