पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकियो, छिट्टै परीक्षण



दीपेन्द्र थापा, काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत रक्सौल–अम्लेखगन्ज खण्डमा ३६ दशमलव २८ पाइप बिच्छ्याउने काम पूरा भएको छ ।यसस“गै वार्षिक करिब साढे २ अर्ब रुपिया“बराबरको ढुवानी लागत समेत सञ्चित हुने भएको छ ।

३६ दशमलव २८ किलोमिटर पाइप बिच्छ्याउने काम पूरा भएको छ, हाल परीक्षण गर्ने काम भइरहेको पाइपलाइन परियोजनाका इन्जिनियर शरद पौडेलले बताउनुभयो । हाल ‘पिजिङ’ (पाइपको भित्री भाग सफाइको काम) भइरहेको छ । पाइपको सफाई पछि परीक्षण हुनेछ ।

नेपाल आयल निगमले २०७३ साल चैत २५ गतेबाट पाइप बिच्छ्याउन शुरू गरेको थियो । निगमले बाराको जीतपुरबाट पाइप बिछ्याउने काम थालेको हो। बिच्छ्याइएको पाइपलाइनबाट पहिलो चरणमा डिजेल आयात गरिने निगमले जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थमध्येमा हाल बजारमा डिजेलको माग उच्च रहेकाले त्यसलाई सम्बोधन गर्नको लागि पहिलो चरणमा पाइप लाइनबाट डिजेल आयात गर्न लागिएको निगमले जनाएको छ।

मोतिहारी–अमलेखगञ्ज हु“दै पाइपलाइन विस्तार हुनेछ। मोतीहारी–रक्सौल पेट्रोलियम पाइप लाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ।

१६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ ट्यांकीमध्ये ३ वटा तयार भएको र एक मात्र ट्यांकीको स्तरोन्नती गरिने काम भइरहेको पौडेलले बताउनुभयो । ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका २ ट्यांकी रहेका छन् ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपिया“मा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये भारतीय आयल निगम (आईओसी) को २ अर्ब रुपिया“ र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपिया“ खर्च हुनेछ। बरैनी नाकाबाट आयात हु“दै आएको पेट्रोलियम पदार्थ भने अब मोतीहारीमा नै आईओसीले डिपो निर्माणस“गै सोही स्थानबाट आयात गर्नेछ । भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ।

काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने लक्ष्य राखिएको थियो । सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो ।

२०७१ नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त पाइपलाइन इन्डियन आयल कर्पोरेसनले अनुदानमा बनाइदिने घोषणा गरेका थिए। सोही प्रतिबद्धता अनुसार नेपालको तर्फबाट तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सहमतिमा काम शुरू भएको दुई वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हुँदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो।

पेट्रोलियम पाइपलाइनको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको अघिल्लो वर्षको चैत २५ गते गर्नु भएको थियो। प्रधानमन्त्रीद्वयले दिल्लीबाट रिमोटमार्फत् परियोजना शुभारम्भ गर्नु भएको थियो भने मोतिहारीमा पाइप बिछउनेकाम शुरू गरिएको थियो।

नेपाल–भारत मन्त्रीस्तरीय छलफलमा मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका दुई देशबीच सहमति भइसकेको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन थप ६१ किलोमिटर विस्तारको लागि सहमति भएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच भदौमा सहमति भएको थियो । रक्सौलदेखि चितवनको भण्डारा (जहा“ निगमले जग्गा किनेको छ, त्यहा“ निर्माण गर्न) सम्मको ६१ किलोमिटर पाइपलाइन निर्माणको लागि थप प्रस्ताव गर्ने प्रधानमन्त्रीको भारत भ्रमणमा प्रमुख ऐजेन्डा राखेको थियो । भारत उक्त प्रस्तावमा सकरात्मक रहेको थियो । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्नको लागि विस्तृत अध्ययन गरि अध्ययन टोलीले परियोजना निर्माण गर्नको लागि सम्भव रहेको जनाएको थियो । इन्डियन आयल कर्पोरेशन(आइओसी)ले परियोजनाको विस्तृत सर्वेक्षण गरेको थियो।

निगमले भारतको मज्जफपुर सम्म विस्तार भएको पाइपलाइनलाई मोतिहारी ह“ुदै एलपिजी ग्यासलाई रक्सौल–अम्लेखगन्ज हु“दै चितवनसम्म विस्तार गर्न लागिएको हो । गोरखपुर सुनैली भैरहवा सम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तारको लागि पनि दुई देशबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्