भारतीय अन्तरिक्ष एजेन्सीको महत्वाकांक्षी योजना



नयाँदिल्ली (एजेन्सी)
भारतिय अन्तरिक्ष एजेन्सी इसरो प्रमुख डाक्टर के सिवनले भारत आफनो अन्तरिक्ष केन्द्र प्रक्षेपण गर्ने योजना बनाइरहेको जानकारी दिएका छन् । यो महत्वाकांक्षी परियोजना गगनयान अभियानकै विस्तार भएको उनले बताए ।

मानव अन्तरिक्ष अभियानको प्रक्षेपणपछि गगनयान कार्यक्रमलाई निरन्तरता दिइरहने सिवनले बताए । यसकै निरन्तरताका क्रममा भारतले आफनै स्पेस स्टेसन प्रक्षेपण गर्ने योजना बनाइरहेको उनले जानकारी दिए ।

अहिले अन्तरिक्षमा दुई वटा मात्र अन्तरिक्ष केन्द्र रहेको छ । अमेरिका र रुसको साझा परियोजना अन्तरगत सन् १९९८ मा इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) बनाएका थिए । कयौं अन्य देशहरु पनि पछि यसको निर्माणमा सहभागी भएका थिए । तर चीनलाई सहभागिता नगराउने अमेरिकी नितिका कारण चीनले आफैन अन्तरिक्ष केन्द्र प्रक्षेपण गर्नु परेको हो ।

यद्यपी यस अन्तराष्ट्र्यि अन्तरिक्ष केन्द्रको प्राय नियन्त्रण तथा मोड्युलको खर्च अमेरिकाले उठाउँदै आइरहेको छ । अहिलेसम्म १८ देशका २ सय ३० नागरिक आईएसएस पुगिसकेका छन् । यो पृथ्वीबाट करिब ४ सय किलोमिटर उचाईमा अवस्थित छ । यसले पृथ्वीलाई २८ हजार किलोमिटर प्रतिघण्टाको गतिले परिक्रमा गरिरहेको छ ।

यसबीच चीनले पनि दुईवटा अन्तरिक्ष केन्द्र प्रक्षेपण गरिसकेको छ । चीनले सन् २०११मा आफनो पहिलो स्पेस स्टेसन तियांगोंग १ प्रक्षेपण गरेको थियो । यसलाई दुई बर्षका लागि मात्र तयार गरिएको थियो । यो सन् २०१८ मा पृथ्वीमा खसेर नष्ट भएको थियो । चीनले सन् २०१६ मा तियांगोंग २ प्रक्षेपण गर्यो । यो अहिले पनि अन्तरिक्षमा रहेको छ । चीन सन् २०२२ सम्म तियांगोंग ३ अन्तरिक्षमा स्थापित गर्ने योजना बनाइरहेको छ ।


भारतको अर्को गन्तब्य शुक्र ग्रह
भारत आगामी जुलाइ १४ मा मिसन चन्द्रयान २ तयारीमा रहेकाछ । यो अभियानपछि भारतको अन्तरिक्ष गन्तब्य शुक्र ग्रह र शुर्यसम्म रहेको बताइएको छ । मिसन चन्द्रयान २ को तयारीका बारेमा सरकार र इसरोका तर्फबाट संयुक्त जानकारी दिएको हो ।

भारतको महत्वाकांक्षी अन्तरिक्ष अन्तरिक्ष परियोजनका विषयमा केन्द्रिय मन्त्रीले विगत केही अवधीमा भारतले अन्तरिक्ष क्षेत्रमा कयौं सफलता प्राप्त गरेको बताएका छन् । इसरोको प्रमुखले भविष्याको योजनाका बारेमा जानकारी दिँदै भारतिय अन्तरिक्ष विज्ञानले सुर्य, शुक्रग्रह जस्ता अन्तरिक्ष गन्तब्यसम्म लक्ष्य निधारित गरिएको बताए ।

जुलाइ १५ विहान स्थानिय समय २ बजे चन्द्रयान २ प्रक्षेपण हुने इसरो प्रमुख डाक्टर सिवनले जानकारी दिए । त्यसैगरी केन्द्रिय मन्त्री डाक्टर जितेन्द्र सिंहले जुलाइ १५ मा प्रक्षेपण हुने चन्द्रयान २ सँग एक रोवर पनि हुने बताए । यो अभियान चन्द्रयान १ कै विस्तारित रुप भएको पनि उनले बताए ।

इसरो प्रमुख डाक्टर सिवनले भने ( इसरोको ध्यान अब सुर्यसम्म पुगेको छ । इसरोले यसका लागि एक मिसन अगाडी सारिसकेको छ । यस मिसनमा सुर्यको लिबरेसन पोइन्ट १ मा एक भुउपग्रह पठाउने योजना रहेकोछ ।
अन्तरिक्षमा भारतको भविष्यको योजनाका सम्बन्धमा अन्तरिक्ष शक्ति बन्ने भारतको लक्ष्य रहेको डाक्टर सिवनले बताए ।

भविष्यको योजनामा मिसन गगनयान सन् २०२१ डिसेम्बर सम्म पुरा हुने इसरो प्रमुखले जानकारी दिए । यस अभियानमा पहिलो पटक भारतमा विकसित रकेटलाई अन्तरिक्षमा पठाइने छ । यसको आधारभुत तालिमपनि भारत मै हुनेछ । तर अत्याधुनिक तालिम भने विदेशमा हुनेछ । यस अभियानको बजेट १ अर्ब ३९ करोड डलर रहेको बताइएको छ । भविष्यमा हाम्रो योजना विनस २०२३ का लागि हो ।

विगतको केही समयमा ग्लोबल वार्मिंगको समस्या विश्वब्यापी स्तरमा विकसित भएको छ । इसरोले ग्लोबल वार्मिंगको चुनौतीसँग लड्नका लागि पनि विशेष अभियानमा काम गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्