मनोनयनमा परेकी रेसमी रेश्मा



नेपाल समाचारपत्र, काठमाडौं
भलिबलकी सुन्दरी हुन्, रेसमी रेश्मा भण्डारी । भन्न कर लाग्छ, सिनेमाले गुमाएकै हुन्, उनलाई । फाइदा भने नेपाली खेलकुदलाई भयो, अझ भलिबललाई । सामाजिक सञ्जालमा उनलाई नियाल्नु पर्छ, कोही नायिका भन्दा कम देखिन्दैनन, उनी । टिकटकमै सही, उनको केही सेकेन्डको अभिनय कसैलाई पनि मख्ख पार्न पर्याप्त छ । यी रेश्माको समर्पण भने राष्ट्रिय खेलभलिबलमा छ । तर कसलाई के थाहा, कुनै दिन उनी सा“च्चै पर्दामा पनि देखिने हो कि ?

अहिले उनको चर्चा ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पावर्ड बाइ गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयमा परेकीले भएको छ । यो विधा उनी जस्तै खेलाडीका लागि बनेको जस्तो देखिन्छ । स्पोर्टस अवार्डको यो विधामा पा“च प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा ।

सामाजिक संजाल फेसबुक र एसएमएसमार्फत आएको मतस“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।
नेपालमा भलिबलको चर्चा छेडियो भने न्यु डायमन्ड स्कुलको नाम कसरी छुटन् सक्छ र ? रेश्मा यहींबाट उदाइन । आप्mनो खेल जीवनको रप्mतार भने उनले एपीएफबाट आत्मसात् गरिन् । क्लबबाट मात्र होइन, नेपाली राष्ट्रिय टिमबाटै उनले चुमेको सफलताको सूची लामो छ । यसले उनलाई अपार खुसी छ । यही खुसीमा थपिएको हो, पिपुल्स च्वाइस अवार्डको मनोनयन । एक प्रकारले यो उनको सपना पूरा भएको क्षण हो, उनकै शब्दमा ।

जुन दिन मनोनयनको सूची घोषणा गरियो र जति बेला त्यसमा उनको नाम थियो, उनले एकै स्वरमा भनेकी थिइन्, ‘यो अवार्ड मेरो लागि धेरै अगाडिदेखिको सपना हो । सानैदेखि यो अवार्डको मनोनयमा पर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले त्यो पूरा भएको छ र यसले दिएको खुसीको त सीमा नै छैन् । अब एक खुडकिलो चढेर अवार्ड नै जितें भने त यो खुसी अझ दोब्बर हुनेछ ।’ वास्तवमै कति धेरै रोमाञ्चित देखिन्छन्, यसलाई हेर्दा अरूलाई पनि खुसी हुन कर लाग्छ ।

भलिबलमा लागेकोमा उनलाई कुनै गुनासो छैन, बरु यस खेलले उनलाई धेरै दिएको पो छ । अहिले जहा“ छिन्, जस्तो छिन्, भलिबलकै कारणले त हो नि । काठमाडौं नैकापकी रेश्माले ६ कक्षा पढ्दादेखि भलिबल खेल्न थालेकी हुन् । पछि न्यु डायमन्डमा भर्ना भइन र त्यहा“कै माहौलले भिजिन । उनले ०६४ यता स्कुलस्तरीय प्रतियोगितामा सहभागिता जनाउन थालेकी हुन् । कुमार राईकै प्रशिक्षणमा हुर्के बढेकी हुन् । पा“चौं र छैटौं राष्ट्रिय भलिबल भने उनले मध्यमाञ्चलबाट खेलिन् ।

एपीएफसम्मको यात्रालाई लिएर उनी भन्छिन्, ‘कपिल श्रेष्ठ गुरुले एक दिन मलाई के भन्नु भयो भने एपीएफको भलिबल टिम बनाउ“दौ । उहा“बाट खेल्न निम्तो दिनु भयो । प्लस टु सकाएपछि मैले त्यहा“बाटै नियमित खेल्न थालेको हुं ।’ वर्ष २०७५ मा एपीएफ सहभागी १० प्रतियोगितामध्ये ९ मा विजयी रह्यो । अर्को एकमा पनि उपविजेता नै रह्यो । काठमाडौंमै २०७१ मा भएको पहिलो दक्षिण एसियाली आमन्त्रण भलिबलबाट उनले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् ।
त्यसयता नेपाली टिमका लागि उनको यात्रा कायम छ र तय छ, उनले लामो समय नेपाली भलिबलको सेवा गर्ने छिन् ।

पढाइमा पनि कम छैनन, उनी । व्यवस्थापनमा स्नातक गरिरहेकी छिन् । उनलाई के लाग्छ भने अहिलेसम्मको यात्रामा उनले सबैको साथ र माया पाएकी छिन् । यस्तै साथ र मायालाई उनलाई पिपुल्स च्वाइस अवार्ड जित्न पनि चाहिन्छ । भन्छिन्, ‘यो अवार्ड जित्न मलाई सबैको सधैं जस्तै उत्तिकै सहयोग चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्