‘एक प्रहरीले पाँच सय नागरिकहरुलाई सुरक्षा दिनुपर्छ’



विश्वराज पोखरेल
प्रवक्ता (डिआईजी), नेपाल प्रहरी

समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले संस्थागत रुपमा अगाडि बढाएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी ढंगले अगाडि बढदै गएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको नेतृत्व सम्हालेपछि लागू भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले अपराध नियन्त्रणमा सफलता प्राप्त गर्दै गएको छ । प्रहरीले अपराध नियन्त्रण गर्ने काममा सफलता प्राप्त गरे पनि केही घटनामा भने आलोचित पनि हुँदै आएको छ । यसै विषयमा प्रहरी संगठनले अपराध नियन्त्रण गर्न अगाडि सारेका नीति, संगठनको अवस्था, समुदाय–प्रहरी साझेदारी कार्यक्रमले ल्याएको परिवर्तन, चुनौती बन्दै गएको साइबर क्राइम र आगामी योजना लगायतको विषयमा केन्द्रीत रहेर नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलसँग नेपाल समाचारपत्रकालागि दीपक रिजाल र मधुसूदन रायमाझीले गरेको कुराकानीः–

नेपाल प्रहरीले अगाडि ल्याएको समुदाय–साझेदारी कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
– नेपाल प्रहरीले बिगतमा पनि समुदायसँग जोडिने गरी विभिन्न कार्यक्रम सञ्चालन ग¥योति मध्ये जनतासंग जोडिने सामुदायीक प्रहरी,मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, टोलटोलमा प्रहरी भन्ने कार्यक्रमहरु अहिले पनि संचालन मै छन । तथापी यि कार्यक्रमहरु बिभिन्न कारणले संस्थागत रुपमा बिकास हुन सकेननर कार्यक्रमले लक्ष्य अनुसारको पूर्णता हासिल गर्न सकेन ।

त्यसैले यी कार्यक्रमहरु भएका राम्रो पक्षलाई समावेश गरेर अझै जनताको बिश्वास र मन जित्ने तथा अपराध नियन्त्रण तथा रोकथाममा जनतालाई बढी भन्दा बढी रुपमा सहभागी गराउने उदेश्यले गत कार्तिकबाट नयाँ रुपमा समुदाय–साझेदारी कार्यक्रम सञ्चालनमा ल्याईयो । विगतको भन्दा यो कार्यक्रम निकै प्रभावकारी र जनतासँग प्रत्यक्ष रुपमा जोडिएको छ । विगतको कार्यक्रम संस्थागत किसिमको थिएन । अहिले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम संस्थागत रुपमा विकास गरेर लैजाने सकिने किसिमको छ ।

यो कार्यक्रममा स्थानीय सरकारसँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्न सक्ने, कार्यक्रमलाई समुदायले अपनत्व महशुस गर्नेचरित्रको छ । यो कार्यक्रमले सुरक्षाको साझा विषयमा नागरिकहरुलाई सहभागी गराएर, प्रहरी र नागरिकहरु एकसाथ हिडन सक्ने वातावरण सृजना गर्ने क्षमता राख्दछ । कार्यक्रम सुरु भएपछि प्रहरी र स्थानीय तहबीचको औपचारिक साझेदारीमा ७७ जिल्लामा एम.ओ.यु.भई सकेको छ । अधिकाशं स्थानीय तह र विद्यालयमा गरी १९ हजार आठ सय भन्दा बढी समिति नै गठन भइसकेको छ ।

समितिले कार्यक्रम सुरु भएपछि अपराध नियन्यन्त्र, रोकथाम र अनुसन्धानमा विगतको भन्दा अहिले आमनागरिहरुको सहभागीता निकै बढेर गएको छ । नागरिकले नै अपराध न्युनिकरणको लागि भूमिका निर्वाह गर्न शुरु गरेका छन् । यो कार्यक्रमलाई यसरी नै बिकसित गर्दै पूर्णता दिन सक्यौ भने र स्थानीय तहले बजेटको व्यवस्थापन समेत गर्न सक्यो भने आगामी दिनमा यस कार्यक्रमले प्रहरीमा रहेको साधन, श्रोत र जनशक्तीको न्यूनतालाई समेत केही हदसम्म पुरा गर्छ । जुन संगठनको बिकासमा ठूलो उपलब्धि साबित हुनेछ ।

प्रहरी संगठनलाई प्रविधिमैत्री बनाएर लैजाने विषयमा के योजना छ ?
– अहिले स्थानीय तहको सरकारले सुरक्षाको बारेमा निकै चासो देखाएको छ । शान्ति सुरक्षालाई ध्यानमा राखेर जनताको आवश्यकतालाई प्रविधिमैत्री बनाउने विषयमा धेरै लगानी गरेको छ । काठमाडौं सहित सात वटै प्रदेश र स्थानीय तहको सरकारले ठूलो सख्यामा सिसी क्यामेरा जडान गर्ने कामलाई पनि अगाडि बढाएका छन् ।

अनुसन्धान प्रक्रियालाई पनि प्रविधिमैत्री बनाएर लैजाने विषयमा ध्यान दिएका छौं । आवश्यक पर्ने साधन स्रोत जुटाउने काममा पनि लागेका छौं । नयाँ प्रबिधि र साधन श्रोतको आवश्यकता र पहिचान गर्ने प्रकृया पनि चलि नै रहेको छ । हाल डिजिटल फरेन्सिक ल्याव, पोेलिग्राफ मेसिन,मोवाईल सीसीटिभी सर्भिलेन्स, मोवाईल डिजिटल फरेन्सिक भ्यान लगायत अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने प्रबिधिको प्रयोग भई नै राखेको छ ।

परिवर्तिन संरचना अनुसार प्रहरी संगठनलाई आवश्यक पर्ने जनशक्ति पर्याप्त छ कि छैन ?
– अहिलेको बिद्यमान जनशक्तिले एक प्रहरी बराबर पाँच नागरिक बराबर सुरक्षा दिनुपर्ने आवश्यकता छ । यो अन्तराष्ट्रिय मापदण्ड भन्दा धेरै नै बढी हो । अन्तराष्ट्रिय मापदण्ड अनुसार २०० नागरीक वरावर १ प्रहरी आवश्यक पर्दछ । कम्तिमा अहिले समाजमा देखिएको अपराधको अवस्था, सामाजिक संररचना, सामाजिक सचेतना सबै विषयलाई ध्यानमा राखी तीन सय नागरीक वरावर एक प्रहरीको व्यवस्था गर्न सकियो भने ठूलो उपलब्धि हासिल गर्न सकिन्छ तर एक तर्फ त्यो अनुरुपको जनशक्तीको व्यवस्थापन गर्न सकिएको छैन भने अर्को तर्फ साधन स्रोतको व्यवस्थानमा पनि पछाडि छौं ।

यी दुई कारणले गर्दा प्रहरीलाई काम गर्न निकै गाह्रो छ । जसको कारण एउटा प्रहरीले १६ देखि १८ घण्टा सम्म काम गर्नुपर्ने अवस्था छ । यति लामो समय काम गर्ने व्यक्तिबाट प्राप्त हुने उपलव्धी अपेक्षीत हुन सक्दैन । सरकारले यसको लागि तयारी गरेको छ, थप जनशक्तिको लागि । हामीले पनि माग गरेका छौं । तत्काल नै ठूलो संख्यामा थप्ने अवस्था पनि छैन् । आवश्यकताको सीमामा पुग्ने लक्ष्य राखेका छौं । जनसंख्याको बृद्धिदर, आर्थिक विकासको अवस्थालाई हेर्दा तीब्र गतिमा जनशक्ति थप्दा पनि पाँच बर्षजति लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जनशक्ति व्यवस्थापन गर्ने कुरालाई कतिको महत्व दिईन्छ त्यसमा पनि भर पर्दछ ।

ब्लाकमेलिङमा परेकाहरुले कुमारीत्व, सतीत्व मात्र होईन सम्पती, परिवार, रोजगारी, प्रतिष्ठा र जीवन समेत गुमाएको कटु यथार्थ पनि हाम्रा सामु छ ।

अपराधिक घटना भएको स्थानमा प्रहरी किन तत्काल पुग्न सक्दैन ?
– प्रहरी संगठनले पाएको जिम्मेवारी अनुसार हरेक घटनामा प्रहरीको उपस्थिती अनिवार्य हुन्छ र सूचना प्राप्त गर्न साथ प्रहरीले आफ्ना साधन श्रोत र जनशक्तीको अधिकतम प्रयोग गरि छिटो भन्दा छिटो घटनास्थलमा पुग्ने र अभियुक्तको खोजी गर्ने प्रकृया शुरु गरि हाल्छ । कतिपय अपराधको सन्दर्भमा, घटना हुना साथ पुग्नु पर्नेभए पनि मुलुकको भौगोलीक बिकटता, ठूलो क्षेत्रफलको सुरक्षा हेर्नु पर्ने प्रहरीको बाध्यता, साधन स्रोत अभाव जस्ता कारणले कतिपय घटनाहरुमा प्रहरी अप्रेक्षित समयमा पुग्न सक्दैन । सबै काम गर्न मुलुकको निश्चित स्थानमा भएको यातायातको सुविधाले मात्र पुग्ने अवस्था छैन् ।

मुलुकको दुरदराजमा हुने कतिपय गम्भीर प्रकृतिका घटनामा छिटो पुग्न नेपाल प्रहरीसंग आफ्नो हेलिकप्टर भइदिएको भए राम्रो हुने थियो । हेलिकप्टरको लागि हाम्रो पहल निरन्तर रुपमा भइरहेको छ । हेलिकप्टर भइदिएनेपाल प्रहरीको व्यवसायिकतामा निखारपना आउने थियो । हामीले त सात वटा प्रदेशमा सात वटा हेलिकोप्टर भइदिए राम्रो हुन्थ्यो भन्ने अपेक्षा राखेका छौं । सात वटा प्रदेशमा सम्भव नभए पनि केन्द्रमा कम्तिमा दुई वटा भइदिए पनि कहाँ के आवश्यकता पर्छ त्यहाँ तत्काल पठाउन सकिन्थ्यो ।

अपराधको कुरा मात्र छैन, बाढी पहिरो, विपद्को कुराहरु पनि छन् । उद्धारको काम पनि गर्नुपर्ने हुन्छ । हरेक घटनामा प्रहरी नै पहिला पुग्नु पर्ने हुन्छ । त्यस्तो बेलामा थप जनशक्तिलाई तत्काल पु¥याउन, प्रकोपको बेलामा उद्धार गर्नको लागि पनि हेलिकप्टर आवश्यकता हुन्छ । जनताको हामी प्रति ठूलो बिश्वास र अपेक्षा पनि छ त्यसैले जनअपेक्षा अनुरुप हाम्रो उपस्थिती गतिमा नभए हामी र उनिहरुको बिश्वास टुटने छ । यो बिषय हाम्रो चिन्ताको बिषय पनि हो ।

समाजमा हुने अपराधिक क्रियाकलाप बढदै गएको हो ?
– समाजमा हुने जघन्य अपराधिक घटनाहरु घटदै गएका छन् । शान्ति सुरक्षामा भय त्रास सृजना गर्ने अपराध लगभग अहिले छैन् । गुन्डागर्दी शैलीमा हुने अपराध नियन्त्रणमा छन् । अहिले त्यस्ता क्रियाकलाप निस्तेज पार्न प्रहरी संगठन सफल भएको छ । तर पनि अपराध त समाजमा भइरहेको छ । अहिले समाज त्रसित बनाउने भन्दा पनि समाजलाई र परिवारलाई पीडित बनाउने घरभित्र नै त्यस्ता खालका अपराध भइरहेका छन् ।

आफ्नो परिवारभित्र नै हत्या हिंसा गर्ने, बलात्कार गर्ने घटना बढीरहेका छन् । अहिले पनि तीस प्रतिशत अपराधहरु परिवारकै सदस्यहरुबाटै परिवारभित्र नै भइरहेका छन् । चाहे त्यो हत्या होस चाहे बलात्कारको घटनाहरु हुन् । तथ्याङक हेर्ने हो भने औषतमा दैनिक दुई वटा कर्तव्य ज्यानको पाँच वटा बलात्कारको१६ वटा आत्महत्याको घटनाहरु हुने गरेका छन् तर कतव्र्यज्यान तथा बलत्कारका घटनाहरु कुनै प्रोफेसनल क्रिमिनलहरुबाट भएका होईनन ।

त्यसैले सुरक्षाको बिषयलाई लिएर कोही कसैले डरत्रासमा पर्नु पर्ने अवस्था छैन । घटनाको तथ्याङ्कलाई हेर्दा सुरक्षालाई प्रहरीको अधिकार क्षेत्रभित्र मात्र गासेर हेर्नु भन्दा पनि हाम्रो गरिबी, विपन्नता, अशिक्षा, बेरोजगारी, स्वास्थ्य, शिक्षाको समस्या यी सबै कुरालाई जोडेर हेर्नु पर्ने देखिन्छ । किन आत्महत्याको घटना बढिरहेको छ ? किन कर्तव्य ज्यानको घटना घटिरहेको छ ? किन बलात्कारको घटना घटिरहेको छ ? यस्ता घटना नियन्त्रण गर्न समाजमा देखिएका समाजिक समस्याहरुको समाधान गरेर नागरिकहरुको जीवन सुरक्षाको आधारभूत कुराहरुको व्यवस्थापनलाई जोड दिनु जरुरी देखिन्छ ।

गलत प्रहरी कर्मचारीहरु पक्राउ पर्ने कामले संगठनलाई अग्रगतिमा डो¥याएको छ । अहिले संगठनभित्र राम्रो को बन्ने विषयमा होड नै चलेको छ । सानातिना कमि कमजोरीलाई हेरेर समग्र प्रहरी संगठन माथिको धारणा बनाउनु स्वाभाबिक हुन्न ।

साइबर क्राइमका घटना पनि समाजमा निकै डरलाग्दो ढंगले अगाडि बढेको छ । यसका लागि प्रहरीले के काम गरिरहेको छ ?
– हो, साइबर क्राइम निकै डरलाग्दो ढंगले बढेको छ । मानिसहरु यति धेरै पीडित र प्रताडित भएका छन् कि, आफ्नो कुरा प्रहरी समक्षसम्म राख्न नसक्ने अवस्था सृजना भएको छ । प्रहरीसँग भन्न सक्ने अवस्था छैन, अदालतमा पुगेर अभिव्यक्त गर्ने अवस्था छैन् । मानिसहरुले समाजिक सञ्जालको यति धेरै दुरुपयोग गरेका छन कि कति मानिसहरुले यही सामाजिक सञ्जालको कारण आत्महत्याको बाटो समेत रोज्न पुगेका छन् । मानिसले आफ्नो जीवनमासहमति र विश्वासमा गरेका कामहरु सामाजिक सञ्जालमा पर्दाफास भइरहेका छन् वा पर्दाफास गरिदिने नाममा ब्लाकमेलिङ भई रहेका छन ।

ब्लाकमेलिङमा परेकाहरुले कुमारीत्व, सतीत्व मात्र होईन सम्पती, परिवार, रोजगारी, प्रतिष्ठा र जीवन समेत गुमाएको कटु यथार्थ पनि हाम्रा सामु छ । यसले हाम्रो सामाजीक मुल्य र मान्यतामा निकै ठूलो क्षती पु¥याएको छ । कतिको पारिवारिक जीवन विग्रिएको छ । कतिको सामाजिक प्रतिष्ठा विग्रिएको छ । कति चाही सामाजिक जीवन विग्रिएला भन्ने त्रासमा बाचिरहेका छन् । अहिले सामाजिक सञ्जाल यति अनुशासनहिन बनेको छ कि यसले हाम्रो धर्म, सस्कृती, मुल्य र मान्यता माथीनै प्रहार गरि राखेको छ ।यस्तो विकृतिभित्र प्रवेश गर्नेको संख्या यति बढदै गयो कि यसलाई राज्यले तत्काल प्रभावकारी रुपमा सम्बोधन नगर्ने हो भने भोली यसले हाम्रोसामाजकि सु–सम्बन्धलाई समाप्त मात्र हैन सामाजीक सुरक्षामा भयावहताको सृजना गर्ने छ ।

साइबर क्राइम नियन्त्रण गर्न प्रहरीले के काम गरिरहेको छ त ?
–साइबर क्राइमको घटना डरलाग्दो रुपमा बढकै हो भन्ने सरकारले बुझेकोछ । यो अवस्था बुझेर नै नेपाल सरकारलेनेपाल प्रहरीमा साइबर ब्युरो गठन गरेको छ । साइबर क्राइम बढेर गयो भन्ने निष्कर्षकै कारणयो क्राइम नियन्त्रणको अभिप्रायले साईवर ब्युरो गठन भएको हो । यसलाई साधन स्रोत, जनशक्ति र प्रबिधिबाट बलियो बनाएर लैजानु पर्ने आवश्यकता छ । केन्द्रबाट सात वटै प्रदेश र प्रदेशबाट स्थानीय तहसम्म विकास गरेर लैजान सकियो भने साइबर ब्युरोले साईवर क्राइम नियन्त्रणमा फडको मार्न सक्छ ।

नेपाल प्रहरी दक्षिण एसियामा नै उत्कृष्ट छ भनेर पटक–पटक भनिने गरेको छ । तर निर्मला पन्तको घटनाले त प्रहरी संगठनमाथि निकै ठूलो प्रश्न उठ्दै गएको छ नि?
–आम नागरिकहरुले बुझिदिनु पर्ने विषय के छ भने, कुनै–कुनै घटनाको जटिलताले अनुसन्धानको लागि केही लामो समय लिन सक्छ । केही समय लियो भन्दैमा प्रहरीको क्षमता, व्यवसायिकता, ईमान्दारीता र जिम्मेवारी प्रतिको निरन्तरतामाथि प्रश्न उठाउनु स्वभाबिक हुन्न । समाजमा ठूलठूला घटना पनि भएका छन् । कतिपय घटनामा समय लागे पनि दोषी पक्राउ गर्ने काममा प्रहरीले आफ्नो व्यवसायीक क्षमता प्रर्दशन गरेकै छ । रानीबारी हत्याकाण्ड, बडिखेल हत्याकाण्ड, सर्वोच्चका न्यायधिश रणबहादुर बम हत्याकाण्ड, जमिम शाहको हत्याकाण्ड होस वा भरखरै १९ बर्ष पछि पक्राउ परेको विजेश्वरी हत्याकाण्डका अभियुक्त पक्राउका बिषय हुन यि सबै नेपाल प्रहरीका क्षमताको ज्वलन्त उदाहरण हुन ।

नेपालमा अहिले औषत दैनिक दुई बलात्कारको घटना भएका छन् तर ती सबैको अनुसन्धान सफलतापूर्वक भइरहेको छ । जहाँसम्म निर्मला पन्तको घटना छ, यस घटना पनि घटना घटाउने अपराधी पत्ता लगाउने क्रममा अनुसन्धानको घेरा साँघुरो पार्दै लगिसकेको छ । यसले छिट्टैले निष्कर्ष दिन्छ । यो घटनाको सत्यतथ्य प्रहरीले बाहिर ल्याउछ ।

अहिले सामाजिक सञ्जाल यति अनुशासनहिन बनेको छ कि यसले हाम्रो धर्म, सस्कृती, मुल्य र मान्यता माथीनै प्रहार गरि राखेको छ ।

प्रहरीले एक हजार ८१ वटा त कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ, तर प्रहरी संगठनभित्र घुस सहित प्रहरी नै पक्राउ पर्ने परेका छन् ?
– हाम्रो सामाजिक संरचना जुन छ, त्यो संरचनाको प्रभाव केही न केही राज्य संरचनामा पर्छ । नेपाल प्रहरीमा केही सदस्यहरु पटक–पटक पक्राउ परेको देख्दा बाहिर नागरिकहरुलाई प्रहरी के हो भनेर जिज्ञासा जाग्नु स्वभाविक नै हो । तर हामी आफै पनि सूचना दिइरहेका छौं । कही कतै प्रहरीको सदस्यले लोभ लालचमा परेर व्यवसायिकता गुमायो चुकायो, संगठनको अहित हुने काम ग¥यो, नेपाली जनतामा अविश्वास हुने काम ग¥यो र भ्रष्टचार ग¥यो भने, त्यस्तालाई कडा भन्दा कडा कारवाही गर्ने हाम्रो नीति हो ।

अहिले पक्राउ गरेको कुरालाई सकात्मक रुपमा लिएका छौं । एक पक्राउ गर्दा दसौ सुधार हुन्छ । गलत प्रहरी कर्मचारीहरु पक्राउ पर्ने कामले संगठनलाई अग्रगतिमा डो¥याएको छ । अहिले संगठनभित्र राम्रो को बन्ने विषयमा होड नै चलेको छ ।सानातिना कमिकमजोरीलाई हेरेर समग्र प्रहरी संगठनमाथिको धारणा बनाउनु स्वाभाबिक हुन्न । हामीले संगठनले गरेका राम्रो कामहरुलाई पनि हेरिदिनु पर्छ । प्रहरीले नागरिक र मुलुकको लागि आफूलाई बलिदान दिएको ईतिहासको अवमुल्यान गरिनु हुन्न ।

महिला हिंसाको घटना नियन्त्रण गर्न के अभियान चलाइरहेको छ ?
–समुदाय– प्रहरी साझेदारी कार्यक्रमले घरेलु हिंसा, महिला हिंसा, सामाजिक अपराध, पारिवारिक अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने हाम्रो बिश्वास छ । समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणमा सिंगो समुदायको साथ र सहयोग चाहिन्छ । प्रहरी र समुदायले अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानको लागि शुरु गरेको समन्वयात्मक अभियानले महिला हिंसा लगायतका सबै प्रकारका अपराधिक घटनाहरुको नियन्त्रणमा प्रभावकारी सुधार ल्याउनेछ भन्ने हाम्रो बिश्वास छ ।

अहिले टोलटोलमा स्थानिय प्रतिनिधी, महिला, लव्ध प्रतिष्ठित व्यक्ति, शिक्षक, बिद्यार्थी, सामाजिक अभियान्ताहरु समेतलाई सहभागी गराएर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतबिभिन्न समिति गठन गरेका छौं । यसले सामाजिक सुरक्षा, पारिवारीक सुरक्षा, हाम्रो धर्म, सस्कृती, मुल्य र मान्यताको सुरक्षामा ऐतिहासिक योगदान गर्नेछ भन्ने हाम्रो बिश्वास छ ।

नागरिकहरुलाई के आग्रह गर्न चाहानहुन्छ ?
–प्रहरी नागरिकहरुको जिउ धनको सुरक्षाको लागि अहोरात्र खटिदै आएको छ । प्रहरीले हरेक नागरिकको जीवन, सम्पती र हक अधिकारको रक्षाको काम गर्दछ । यो राज्यको कानून कार्यान्वयनमा लैजाने सबैभन्दा सशक्त निकाय पनि हो । कानून कार्यान्वयन सहि ढंगले हुन सक्दा मात्र बिकास, समृद्धि र सुशासनको स्थापना हुन्छ । त्यसैले यस्तो अहम भूमिका र जिम्मेवारीमा रहेको प्रहरीलाई यो हाम्रो होे भन्ने बुझिदिनु हुन म अनुरोध गर्दछु ।

प्रहरीलाई धेरै आलोचना गरेर, प्रहरीको विरुद्ध बोलेर, प्रहरीको मनोबल गिराएर, प्रहरीलाई कमजोर बनायो भनेअन्नतः यसले शान्ति सुरक्षालाई नै कमजोर बनाउदछ र त्यसको असर प्रत्यक्ष रुपमा हामी सबैले व्यर्होर्नु पर्ने हुन्छ । त्यसैले प्रहरीमा देखिएको कमीकमजोरीको सम्बन्धमा रचनात्मक तथा कानून सम्बत छलफल गरौ र सुधार गरौ । प्रहरी जो भएपनि हाम्रो हो भन्ने भावना राखौ । प्रहरीले नागरिकको जिउधनको सुरक्षाको लागि आफुलाई समेत वलिदान गरेको घटनालाई समेत बिर्सिएर आलोचना र नकारात्मक टिकाटिप्पणी गर्ने प्रवृत्ति रोकौ ।नागरिकहरुको सबै प्रकारको हक अधिकार प्रहरीले प्रदान गरेको सुरक्षाभित्र मात्र फल्छ, फुल्छ र फस्टाउछ भन्ने यथार्थलाई नभुलौ ।

प्रतिक्रिया दिनुहोस्