मूल सडक चौडा गर्ने निर्णय भएकै दिन आफ्नै घर भत्काउँछु



????????????????????????????????????

विजय सरावगी
नगर प्रमुखः वीरगन्ज महानगरपालिका
मुलुकको प्रमुख प्रवेश द्वारका रुपमा रहेको वीरगन्ज धेरै हिसाबमा महत्वपूर्ण शहर हो । २०७४ साल असोज २ गतेभन्दा अगाडि वीरगन्ज महानगरपालिका पनि जनप्रतिनिधिविहीन नै थियो । मधेस आन्दोलनलगायतका आन्दोलले थलिएको वीरगन्ज भर्खर उठ्ने प्रयासमा छ । तत्कालीन संघीय समाजवादी पार्टीका तर्फबाट उम्मेवार बनी वीरगन्ज नगर प्रमुखमा विजयी हुनुभएका विजय सरावगी अहिले वीरगन्ज नगरीको प्रमुख हुनुहुन्छ । उद्योगीसमेत रहनुभएका सरावगीसँग नेपाल समाचारपत्र वीरगन्ज संवाददाता कृष्णउदास खनालले वीरगन्जको समग्र विकासको विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेपः

तपाईं वीरगन्ज महानगरपालिकाको प्रमुख हुनुभएको पनि करिब दुई वर्ष पुग्नै लाग्यो, यो समयमा वीरगन्जको विकासका लागि के गरेँ जस्तो लाग्छ ?

म वीरगन्ज महानगरपालिकाको नगर प्रमुख हुँदै गर्दा वीरगन्जको अवस्था ज्यादै दयनीय थियो, यो कसैको सामुबाट छिपेको कुरा होइन । चलिरहेका सबै ठूला र साना योजनाहरु लथालिंग थिए तर, अहलिे सबै सम्पन्न हुने अवस्थाम छन् । फोहोरमैला व्यवस्थापनका लागि अहिले प्रयास भइरहेको छ र यो एक डेढ महिनाभित्रमा सञ्चालन गर्ने लक्ष्य छ । सुन्दर भएर पनि वीरगन्ज कुरुप जस्तो थियो । सबैभन्दा पहिला त मैले अस्तव्यस्त रहेको वीरगन्जलाई एउटा लयमा ल्याउँदै छु । यो भन्दै सबैभन्दा ठूलो काम हो भन्ने लाग्छ मलाई ।

दोस्रो, वीरगन्जका विभिन्न स्थानहरुको अवस्था निकै भद्रगोल थिए, तिनीहरुको व्यवस्थापन गरेँ भन्ने लाग्छ । त्यसो त वीरगन्जका बालबालिकाका लागि खेल्ने ठाउँ नै थिएन, उनीहरुका लागि चिल्डेन पार्कको उद्घाटन गरियो । वीरगन्जको घण्टाघरमा रहेको मधेसी शहीद पार्क (बीपी) उद्यान पार्कको व्यवस्थापनको काम भइरहेको छ । यो बनाउनका लागि डीपीआर तयार भइसकेको छ र टेन्डर पनि परेको छ अब यो निर्माण शुरु हुन्छ । आम नागरिकको धारणा के छ भने वीरगन्ज भनेको मूल सडक मात्रै हो । तर यसो होइन वीरगन्जमा ३२ वटा वार्ड छन् । तैपनि सबैको विकासका लागि म लाग्दै छु । हामीले नगरका विद्यालयको अवस्था सुधारमा लागेका छौं । सबै समुदायिक विद्यालयहरुमा सिसी क्यामरा जडान गरिँदै छ र केहीमा जडान भएका छन् । अब नगरपालिका मात्रै विद्यालययहरुको अवस्था सुधारका लागि सिधै प्रयास गर्न सकिनेछ । छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्था गरेका छौं ।

त्यसो त यहाँ शिक्षामा समेत केही विभेद छ । छोरीलाई सामुदायिक र छोरालाई बोर्डिङ स्कुल पठाउने चलन छ, त्यसको अन्त्यका लागि हामीले सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउँदै छौं । अर्को स्वास्थ्यको कुरा छ, स्वास्थ्यमा हामी अलि कमजोर छौं, स्वास्थ्य सुधार गर्छाैं । कृषिको अवस्थामा सुधार ल्याउँदै छौं । बेरोजगारलाई रोजगार दिनका लागि कार्यक्रम ल्याउँदै छौं । वीरगन्जका हरेक घरलाई नम्बरी गर्र्दै छौं र सबै वडालाई अनलाइन बनाएर सबै वडालाई अधिकार सम्पन्न बनाउँदैछौं । अब वडाका नागरिक नगरपालिका धाउन नपरोस् भन्ने योजना बनाउँदै छौं । यसलाई खुलामञ्च, शहीद पार्क, बीपी पार्कसहित महानगरको एउटा उचित पार्किङस्थल बनाउने योजनाका लागि म लाग्दै छु । यी सबै काम गर्न नीतिको आवश्यक पर्दथ्यो, त्यो हामीले बनाइसकेका छौं । करिब २० महिनाको यो अवधिमा ४ सय ७० योजना सम्पन्न भएका छन् ।

अब, फोहोर व्यवस्थापनको सवालमा वीरगन्जमा समस्या देखिन्छ । यसका लागि के गर्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनका लागि हामीले ठोस नीति बनाउँदै छौं । साउन १ गतेबाट ५ बर्षका लागि पीपी मोडलमा निजी क्षेत्रलाई दिएका छौं, नालीबाहेक । नाली सफाको काम महानगरको कर्मचारीले गर्छ । अरु निजी क्षेत्रले गर्छ । संस्थाको नाम मलाई याद भएन तर साउन १ गतेबाट फोहोर व्यवस्थापनका लागि काम गर्छौं ।

फोहोर ब्यवस्थापनका लागि त नगरपालिकाको आफ्नै जग्गा छ नि होइन, मेयर साप ?

हो, १७ बिघा जग्गामा ठोस फोहोर मैला ब्यवस्थावपन केन्द्र बनाएका छौं । एक डेढ महिनामा त्यो सम्पन्न हुन्छ । त्यहाँ हामीले ठूला तीनवटा कुवा जस्तो पनि बनाएका छौं । अब त्यहीबाट कुहिने न नकुहिने फोहोर छुट्याउने छौं । कुहिने फोहोर किसानलाई सहुलियत दरमा बिक्री गर्नेछौं, जुन नगुवाबाट गर्न सकिन्छ । त्यसो त गाउँको फोहोरबाट बायो ग्याँस बनाउने छौं । लालपर्सामा यो सम्भव होला भन्ने लाग्छ हामीलाई ।

वीरगन्जको घण्टाघर अगाडि रहेको कुनै दलले बिपी उद्यान भन्छ, तपाईंहरुले मधेसी शहीद उद्यान भन्दै हुनुहुन्छ, त्यहाँ तपाईंले भनेको जस्तो संरचना बनाउँदा विवाद हुन्न र ?

त्यसमा विवाद छैन । सबैभन्दा पहिला त्यसमा पार्किङ दिन्छौं, शौचालय भएकै स्थानमा । पार्किङ नभए घण्टाघरलाई व्यवस्थित बनाउन सकिँदैन । डेढ बिघामा पार्किङ दिन्र्छाैं । त्यसपछि खुला मञ्च दिन्छौं । बारम्वार घण्टाघरमा कार्यक्रम गर्ने बानी भएको छ, त्यो मञ्च बनाएपछि यो समस्या समाधान हुन्छ ।

काठमाडौंको जस्तै खुलामञ्च बनाउनेछौं अनि त्यहाँ ६० वटा पसल संचालन गर्नेैछौं । अनि तीन बिघामा पार्क बनाउनेछौं । त्यहाँ मधेशी शहिद र बिपीको समेत पार्क बन्छ । अनि लालबंगलामा चैं हामी २ हजार सिट क्षमताको सभाहल बनाउनेछौं । त्यसका लागि बजेट आइसकेको छ । पार्क र खुला मंचका लागि पनि बजेट आएको छ ।यसको टेण्डर प्रकृयामा हामी जाँदै छौं ।

यो विषयमा दलहरुका बीचमा सहमति जुटिसकेको हो र ?

यसका लागि छुट्टै राजनीतिक सहमति आवश्यक पर्दैन । किनभने नगरपालिकाको बोर्डमा सबै दलको प्रतिनिधित्व छ, त्यही बोर्डले यो निर्णय गरेका कारण यसका लागि छ्ट्टै राजनीतिक सहमति आवश्यक पर्दैन ।

वीरगन्जको अर्को महत्वपूर्ण कु्रा भनेको बसपार्क देखिन्छ । भद्रगोल बसपार्कलाई ब्यवस्थित बनाउन के गर्र्दैहुनुहुन्छ ?

बसपार्क तयार भइसकेको छ । १८ करोडको लगातमा बन्दैछ । वीरगन्ज महानगरपालिकाले यो ऋण लिएर नै बनाएको हो । करिब करिब यो बनिसकेको छ । घण्टाघरबाट पूर्वतिर । अब ठकेदारले हामीलाई यो हस्तान्तरण गरोस् भन्ने चाहेका छौं । मलाई लाग्छ, अर्को असार महिनाबाट अन्तर्राष्ट्रिय स्तरको बसपार्क संचालनमा आउनेछ ।

वीरगन्ज, पानी पर्दा हिलाम्यै र घाम लाग्दा घुलाम्यै हुने अवस्था छ, यसमा किन ध्यान गएन मेयर साप ?

हेर्नुस्, यसमा म नगरवासीसँग माफी माग्न चाहन्छु । के भइरहेको छ भने, बिकासको कुरा हो । ठेकेदार साथीहरुले बाटो बनाउँदा पानी पटाउने कुरा गर्नुहुन्छ तर काम नगरिदँदा समस्या भएको हो । वीरगन्जमा उक पटक अहिले ८० किलोमिटरको सडक निर्माण भइरहेको छ । एकैचोटी यो काम हुँदा केही कष्ट भएको हो ।

गाह्रो भएको ठाउँमा मिलाउने काम भएको छ । यदि यस्तो समस्या कही छ भने त्यो हामीलाई नागरिकले सिधै खबर गर्दा हुन्छ अनि मेरै कार्यकालमा वीरगन्जको सडक सबै सफा र सुन्दर हुनेछ । यहाँको बिकासका लागि केही रकम माग गरेको छु । त्यो पाएँ भने वीरगन्ज सडकमा लागि सक्षम बन्नेछ ।सिधै ग्रामीण भेगसम्म बस चलाउने लक्ष्य छ । सडक संजाल वीरगन्ज भरी लैजाने र काम नभएका सिंचाइ पनि पुरेर सडक बनाइनेछ ।

सडक बिभागले सडक बिस्तार गर्दै छ, सडक बिस्तार गर्ने सवालमा त बाधक तपाई नै हो भनेर केहीले आरोप लागउने गरेका छन् नि ?

मेयर बाधक छैन । जुन दिन वीरगन्ज तोड्ने भनेर निर्णय हुन्छ, त्यही दिन मेरो घर म सबैभन्दा पहिला भत्काउनेछु । बिजय सरावगी सडक बिस्तारको कहिल्यै बाधक हुनेछैन । म मेरै घर भत्काएर यो अभियानको श्री गणेश गर्छु, यसमा सबैजना ढुक्क भए हुन्छ ।

बिरोधीहरुको बानी के भएको छ भने राम्रो कामको सुमेत आलोचना गर्ने । बिरोध गर्ने । पदम रोडमा बिना मुआब्जाको सडक चौडा गर्ने काम भएको छ, यो एउटा प्रमाण हो । तोड्न नै परेपछि सबैको इच्छा शक्तिअनुसार काम हुन्छ । कसैलाई दुःख दिएर सडक बिस्तार गरिन्न । सडकमा घर नपर्नेहरु नै बढी कराउने हुन् नि त । यो अभियानमा मलाई लाग्छ नगरवासीको साथ रहनेछ ।

तपाई जनप्रतिनिधि हुनुभन्दा अगाडि उद्योगी हुनुहुन्थ्यो । उद्योगीहरुका धेरै समस्या तपाइँले नै उठाउनु भयो, तर तपाईं आफै मेयर भएपछि उद्योगीको समस्या कत्तिको समाधान गर्नुभयो ?

स्थानीय सरकारको प्रमुखको हिसावले मैले उद्योगीहरुको समस्या राम्रोसँग बुझेको छु । इस्लामपुरमा ५ सय गुठीको जग्गा छ, त्यहाँ म औद्योगिक ग्राम खोल्ने सोचमा छु । यसले उद्योगीहरुलाई धेरै राहत हुनेछ । उद्योगीहरुलाई व्यवस्थित बनाउन तर्फ लागेको छु ।

त्यसो त दोस्रो कुरा, ३४ करोड संघ सरकारमा माग गरेको छु, सिर्सिया नदी उद्योगका कारण दूषित छ । यसका लागि यो रकम माग भएको हो र यो रकम पाएपछि सिर्सिया करिडोर बनाउछु र पानी पिउन योग्य बनाउने लक्ष्य छ । तर वीरगन्जका उद्योगीहरु मसँग आउनुभएको छैन । वीरगन्जका उद्योगीहरु करभन्दा बाहेकको सवालमा कहिल्यै आउनुभएन । म हिजो संघकै उपाध्यक्ष भएका कारण सायद उद्योगीहरु मसँग आउन लाज मान्नुभएको छ कि जस्तो लागेको छ । उहाँहरुले किन मसँग आउन भएको छैन मलाई थाहा भएको छैन । उहाँहरुले मबाट केही फाइदा भने लिन सक्नुभएको छैन ।

अब राजनीतिक कुरा गरौं मेयर साप, तपाइँले त समाजवादी पार्टी छाड्दै हुनुहुन्छ भनिन्छ नि ?

यो कुरा, बीचमा मेरो राजीनामा आएपछि यो कुरा उठेको हो । पार्टीका बिरुद्ध मैले राजिनामा दिएको होइन । मैले राजिनामा दिएको पनि होइन । मैले असंतुष्टि मात्र ै जनाएको हो । मैले संघ र प्रदेशसँग असंतुष्टी जनाएको हो । एक करोड भन्दा कमका योजना स्थानीय सरकारले संचालन गर्न पाउनुपर्छ भन्ने माग मेरो हो । वीरगन्जलाई हरेक पटक आन्दोलनको थला बनाइयो । हामीले पनि बनायौं । अब वीरगन्जले के पायो? खाली बन्द र हड्ताल अनि क्षति ? यसमा मेरो असंष्तुटी हो ।

वीरगन्जमा लगानी हुनुपर्छ भन्ने मेरो माग हो । वीरगन्जको लगानी भनेको देशको लगानी हो । वीरगन्ज बनाउनु पर्दछ, वीरगन्जमा म जस्तो ब्यक्ति नगर प्रमुख हुँदा केही गर्न सकिन भने अरुबाट संभव पनि छैन । म भ्रष्टचार गर्दिन । मेरो नाउ बेचेर कसैले खाइरहेको भए म कारवाही गर्छु प्रमाण सहित पेश भए । मेरै पार्टीका साथीहरुबाट पनि यो संभव छैन । मेरो पार्टीको मेयर छ म यही बेला कमाउँछु भन्ने सोच कसैले राखेको भए त्यो सभव छैन । म वीरगन्ज बनाउन आएको हो । भ्रष्टचार गर्न आएको होइन । साथीहरुले मलाई, साथ र सहयोग रह्यो भने बस्तु नत्र मेरो बाटो धेरै छन् । मूल्य र मान्यताको राजनीति भए ठकि छ नत्र राजनीतिमा म बस्नुपर्छ भन्ने छैन । यो कुरा मैले सबैलाई भनेको छु ।

अन्त्यमा समृद्ध वीरगन्जका लागि अरु केही योजना छन् ?

वीरगन्ज तपाइँ हामी सबैको हो । बेरोजगार युवाहरुलाई रोजगार दिने,शिक्षा र स्वाथ्य सबैलाई सहज पहँुच बनाउने । जतिसुकै बिकास भएपनि शिक्षा र स्वास्थ्यमा चेतना नभएसमम बिकास अगाडि बढ्दैन । एकजना शिक्षक सरुवा हुँदा बिद्यार्थी सडकमा उत्रनेछन् ।

यो शिक्षाको कमी हो । फोहोर ब्यवस्थापनका सवालमा नागरिकको साथ आवश्यक छ । मैले नगरवासीको मुहारमा हाँसो ल्याउन सकिन भने भोलिका दिनमा वीरगन्जको अवस्था कस्तो होला तपाँइ आफै कल्पना गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्