घण्टि बजाउँदै प्रदर्शन, खारेज होला त गुठी विधेयक ?(भिडियोसहित)



नेपाल समाचारपत्र, काठमाडौँ ।
गुठी विधेयकको खारेजीको माग गर्दै उपत्यकावासी दिन दिनै प्रदर्शन गर्दै आईरहेका छन् । उपत्यकावासी शनिवार पनि यङ्गाल चोकमा घण्टि, डमरु, सिठि र भुस्याः बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले प्राचीन गुठी चल्न नदिने र धर्म संस्कृति नष्ट गर्ने नियतले विधेयक ल्याइएको भन्दै उनीहरु केहि दिन यता विरोध प्रदर्शन पनि गर्दै आएका छन् । अहिले सबैको लागि प्रश्न नै बनेको छ । गुठी विधेयक फिर्ता होला कि नहोला ?

स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै प्रदर्शनको क्रम राेकेका छैनन् । अब सरकारले के गर्ला भन्ने सबैमा दुविधा उत्पन्न भएकाे छ ।
भिडियो/तस्वीरः अनिल आङ्देम्बे

भिडियो हेर्नुहोस्ः

तस्वीरहरु हेर्नुहोस्ः

 

प्रतिक्रिया दिनुहोस्