कर्मचारी आन्दोलनका कारण तल्लो मोदी बाह्र दिन देखी ठप्प



दुर्गाप्रसाद शर्मा, पर्वत ।
कर्मचारी आन्दोलनका कारण परिक्षण उत्पादनको अन्तिम तयारीमा रहेको पर्वतमा निर्माणधिन २० मेघावाट क्षमताको तल्लो मोदी जलजबिद्युत आयोनाको काम १२ दिन देखि ठप्प बनेको छ ।

निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने र उपदान दिनुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेपछि जेठ २० गते देखि निर्माण कार्य ठप्प बनेको हो । निर्माण कार्य रोकिएपछि असार पहिलो साता परिक्षण उत्पादन गर्ने तयारीमा रहेको जलबिद्युत आयोजनाको उत्पादन मिति पर धकेलिएको छ ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेड र कर्मचारीका बिचमा भएका पटक पटकका वार्ताहरु असफल भएपछि निर्माण कार्य अबरुद्ध भएको छ । आयोजनामा कार्यरत ४० जना कर्मचारीहरुले स्वतः स्थायी हुनुपर्ने र स्थायी नहुने तथा जागिर छाड्न चाहने कर्मचारीलाई एकमुष्ठ २० लाख उपदान स्वरुप रकम दिनुपर्ने माग राखेका छन । तर आयोजनाका सञ्चालकहरु भने निर्माणको समयमा ठेकदार कम्पनीमा कार्यरत कर्मचारीहरुले निर्माण कार्य सकिएपछि स्वतः अबकासमा जाने अबस्थामा अनावश्यक दबाब दिएको बताउँदै कर्मचारीका माग पुरा गर्न अस्विकार गर्दै आएको छ ।

शुरुमा आयोजनाको प्रर्बद्धक मनाङ्ग टे«ड प्रालिबाट नियुक्ती भएका कर्मचारीहरु आयोजनाको काम ठेक्कामा दिएपछि कर्मचारी पनि निर्माण कम्पनीकै जिम्मामा गएका थिए । आयोजनाको बिद्युतगृह, हेववक्र्स लगायतका संरचना बनाउन आशिष÷फेवा÷नयाँ बाटो तथा सुरुङ्ग निर्माणको काम साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले जिम्मा लिएका थिए ।

निर्माण कम्पनीहरुले काम सकेर आयोजनालाई जिम्मा लगाएपछि कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग सहित आन्दोलनमा छन । ‘हामीलाई स्थायी गर्ने कुरामा पटक पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको हो’ कर्मचारी सौरभ पौडेलले भन्नुभयो ‘स्थायी गर्ने कुरा र उपदान दिने बिषयमा सकारात्मक देखिएमा बसेर छलफल गरि निर्माण सुचारु गराउन तयार छौ ।’

कर्मचारीले यस अघि जेठको ८ गते देखि १२ गते सम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए तर २० गते पछि समस्या समाधान गर्ने सहमतिमा खुलेको थियो । कर्मचारीले कुस्मा नगरपालिका–७ स्थित कार्यालयमा गरेको तालाबन्दी र बिद्युतगृहमा लगाएको ताला स्थानिय प्रशासनको पहलमा खुलेपनि सुरुङ्ग मर्मतको काम सुचारु भएको छैन । आयोजनाका प्रमुख पवनकुमार यादब भने निर्माण कम्पनीमा हस्तान्तरण भएका कामदारलाई स्वतः स्थायी गर्न र अवकासका लागि उपदान रकम दिन असमर्थ रहेको बताउनुहुन्छ ।

‘हामीले निर्माण कम्पनीमा हस्तान्तरण गरेका कर्मचारी काम सकिएपछि स्वतः अवकाश हुन्छन’ आयोजना प्रमुख यादबले भन्नुभयो‘बिद्युत उत्पादन पछि नयाँ बिज्ञापन गरेर स्थायी गर्ने प्रकृया शुरु गर्छौ’ । निर्माण कम्पनीका अन्यत्र आयोजनाहरुमा काम भैरहेका कारण उनीहरुलाई त्यही साइटमा सिफ्ट गर्नुपर्ने धारणा सञ्चालकहरुको रहेको बताउनुहुन्छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले दुबै पक्षलाई सहमतिको लागि लचिलो बिकल्प सहित उपस्थित हुन आग्रह गरिएको बताउनुहुन्छ । ‘समस्या समाधन गरेर निर्माण सुचारु गराउनका लागि आन्दोलनरत पक्ष र ब्यबस्थापनलाई बिकल्प सहित उपस्थित हुन भनिएको छ ’

उहाँले भन्नुभयो‘बिकल्प सहित उपस्थित भएपछि समस्या समाधान गरेर काम सुचारु गराउँन पहल गर्छौ’ निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परिक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भैरहेको छ । बैषाखको अन्तिम साता परिक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भैरहेको छ ।

कुस्मा नगरपालिका ७ चुवाको परादी स्थित पावरहाउस देखि मोदी गाउँपालिकाको पातीचौर सम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बिचबिचमा कम्जोर भूभाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको छ । २०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्