गर्मी बढेपछि विद्यालय बन्द



कृष्णउदास खनाल, वीरगन्ज ।
गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।
अत्यधिक गर्मीका कारण विद्यार्थी मूक्र्षित हुन थालेपछि असार १ देखि ६ गते सम्मका लागि विद्यालय बन्द गरिने महानगरपालिकाले निर्णय गरेको हो । महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ र महानगरको शिक्षा समितिको आज बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।

वीरगन्जभित्र ९३ सामुदायिक र १८५ भन्दाबढी निजी विद्यालय रहेका छन् । एक सातादेखि लगातार बढ्दै गएको गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।दिउँसोको समयमा तापक्रम ३८ देखि ४० डिग्री पुगेपछि सर्वसाधारण बिरामी हुन थालेका छन् ।

गर्मीका कारण ज्वरो, झाडापखला, फुडपोइजनलगायतका रोगबाट ग्रसित भएका नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्