दिपक पाण्डेले ‘क्यार्नी होला’ भन्दै ‘लालुमै’का गायक सन्दिपलाई नचाए(भिडियो)



प्रदिप विवश भण्डारी, काठमाडौँ ।
गायक दिपक पाण्डेको ‘क्यार्नी होला’ गीत सार्वजनिक भएको छ । गीतमा लोक दोहोरी गीत ‘लालुमै’ का गायक तथा मोडल सन्दिप न्यौपानेसहित यूविन ढुंगाना, नविन सिरिष र नायिका अप्सना थापाले डान्स गरेका छन् ।

यस गीतका गायक पाण्डे दाङका हुन् । उनले गाएको यो पहिलो गीत हो ।
बादल घिमिरेको शब्द तथा संगीत रहेको गीतलाई शिभन पोखरेलले निर्देशन गरेका हुन् । गीतको भाव अनुसार मान्छे धेरै नै मायामा डबेको हुन्छ भन्ने जानकारी दिएको बुझन सकिन्छ ।

गीतमा गायक तथा मोडल सन्दिपले पहिले नायिका अप्पनालाई फ्लो गरेका हुन्छन् तर अन्तिममा एक जना बाईकमा आएर नायिकालाई लगेर गएको दृष्य देखाईएको छ ।
गीतको भिडियो अजय रेग्मीले खिचेका हुन् भने अभिनायक एम.सेरचनले ईडिट गरेका हुन् ।  यस गीतलाई सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्ट युट्यूब च्यानल मा गएर हेर्न सकिन्छ ।

हेर्नुहोस् गीतको भिडियोः

प्रतिक्रिया दिनुहोस्