पाटनमा गुठी विधेयकविरुद्ध यसरी निकालियाे मशाल जुलूस(भिडियोसहित)



नेपाल समाचारपत्र, काठमाडौँ ।
गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा मशाल जुलूस निकालिएको छ । मंगलबजारबाट शुरु भएको मशाल जुलूस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री सहरी क्षेत्र घुम्दै छ ।

स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै मशाल जुलूस निकालेकाे हो । सरकारले प्राचीन गुठी चल्न नदिने र धर्म संस्कृति नष्ट गर्ने नियतले विधेयक ल्याइएको भन्दै उनीहरु केहि दिन यता विरोध प्रदर्शन पनि गर्दै आएका छन् ।

तस्वीरः उजोल डंगोल

भिडियोः अनिल आङ्देम्बे

भिडियोमा हेर्नुहोस् यसरी निकालियो मशाल जुलूसः

तस्वीरहरु हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्