दोलखाको भीमेश्वर नगरपालिका खुला दिशामुक्त



चिरञ्जीवी मास्के, दोलखा ।
सदरमुकाम चरिकोट सहित दोलखाको भीमेश्वर नगरपालिकालाई शुक्रवार खुला दिशामुक्त नगर घोषणा गरिएको छ । खुला दिशामुक्त घोषणा कार्यक्रममा प्रदेश तीनका सांसद पशुपति चौलागाईले नगरपालिकालाई खुला दिशामुक्त भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नगरपालिका खुला दिशामुक्त भएको घोषणा गर्नु भएको थियो ।

भीमेश्वर नगरपालिकाको ९ वटा वडालाई खुला दिशामुक्त वडा घोषणा गरेपछि शुक्रवार नगरलाई खुला दिशामुक्त नगरपालिका घोषणा गरिएको हो ।

सो अवसरमा प्रदेश तीनका सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता पशुपति चौलागाईले पर्यटन प्रवद्धनको लागि सरसफाई महत्वपूर्ण हुने बताउनु भयो । सांसद चौलागाईले खुला दिशामुक्त नगरलाई सधै सफा र सुन्दर राख्न नगरपालिका तथा नगरवासिले सरसफाईको विषमा निरन्तर अनुगमन गर्नुपर्ने बताउनु भयो ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीको अध्यक्षतामा भएको खुला दिशामुक्त नगर घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरलाई खुला दिशामुक्त बनाउने अभियानमा सहयोग गर्ने बिभिन्न संघसंस्था तथा व्यक्तीलाई प्रशंसापत्र समेत प्दान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्