सँस्कृत वेद विद्यालयलाई योगाम्याट



हेटौंडा ।
मकवानपुरको एकमात्र सँस्कृत वेद विद्यालयलाई हेटौंडा–१० वडा कार्यालयले सहयोग गरेको छ । हेटौंडा–१०, गोरक्षेश्वरधाममा रहेको सँस्कृत विद्यालयलाई २५ थान योगाम्याट सहयोग गरिएको हो ।

वडाध्यक्ष किताबसिंह लामाले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टराईलाई म्याट हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वडा अध्यक्ष लामाले विद्यार्थीले भुइँमा बसेर योग गरेको आफूले देखेकोले म्याट सहयोग गरिएको बताउनुभयो । लामाले आफूलाई पनि सँस्कृत पढ्न मन भएकोले समय निकालेर विद्यालयमा सँस्कृत सिक्ने बताउनुभयो ।

विद्यालयमा विभिन्न जिल्लाका १९ विद्यार्थी अध्यनरत् छन् । २०५६ सालदेखि सञ्चालनमा आएको विद्यालयमा कक्षा–६ देखि ८ सम्म अध्यापन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्