ट्रम्पको सम्पत्तीमा बृद्धी



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्तीमा गत बर्ष ५ प्रतिशतले बृद्धी भई ३ अर्ब डलर पुगेको छ । यसअघि दुई वर्षसम्म ट्रम्पको सम्पतीमा कमी आएको थियो ।

अहिले उनको सम्पती सन् २०१६ को बराबरी आएको बताइएको छ । ब्लुमबर्गका अनुसार दुई कार्यालय भवनको मुल्य बढ्नुले ट्रम्पको सम्पतीमा बृद्धी भएको हो ।

मित्र स्टिवन रोथको वोरनेडो रियलिटी ट्रस्टका २ सम्पत्तीमा ट्रम्पको ३० प्रतिशत शेयर छ । गत एक बर्षमा दुबै सम्पतीमा ट्रम्पको हिस्साको मुल्य बढेर ७६ करोड ५० लाख डलर पुगेको छ । यो एक बर्ष अगाडीको तुलनामा ३३ प्रतिशत बढी हो ।

ट्रम्पको कुल सम्पत्तीमा करिब एक चौथाई हिस्सा वोरनेडोको भवनको मुल्यले ओगट्छ । उक्त सम्पत्तीका लागि हुन लागेको सहमतिलाई ट्रम्पले रोक्न चाहेका थिए । विगत एक बर्षमा उनको गल्फ कोर्स र रिसोर्ट्सको मुल्य १९ प्रतिशतले घटेर ५२ दशमलव ५ करोड डलरमा खुम्चिन पुगेको छ । ट्रम्पको ऋण ५५ करोड डलरमा गत बर्षको तुलनामा कुनै परिवर्तन भएका छैन ।

ब्mलुमबर्गले सम्पत्ती रिकर्ड, सुरक्षा फाइलिंग, बजार आंकडा र ट्रम्पको देखिएको सम्पत्तीका आधारमा उक्त आंकडा दिएको हो । डोनाल्ड ट्रम्पका रियल एस्टेट लगायत अन्य कारोबारलाई ट्रम्प अर्गनाइजेसनले सम्हाल्दै आइरहेको छ । राष्ट्रपति पद सम्हाल्नु अगाडी ट्रम्पले यो ट्रस्ट बनाएका थिए, जसलाई उनका छोराले हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्