एससीओ बैठकमा भाग लिन मोदीले पाकिस्तानी आकाश प्रयोग गरेनन्



नयाँदिल्ली,(एजेन्सी)
भारतिय प्रधानमन्त्री साँघाइ कोअपरेसन अर्गनाइजेसन ( एससिओ ) को शिखर बैठकमा भाग लिन किर्गिस्तानको राजधानी बिस्केकमा बुधवार पुगेका छन् । उनले रसिया तथ चीनका राष्ट्रपतिसंग द्विपक्षिय हित समबन्धमा महत्वुपूर्ण भेटवार्ता गरेका छन् ।

टिव्ट गर्दै मोदीले चिनिया राष्ट्रपति सि जिन्पिंगसंगको भेटघाट निकै फलदायी भएको सो वार्तामा भारत चीनबिचको सम्बन्धबारे विस्तृत छलफल भएको जानकारी दिएका छन् । मोदीले आर्थिक र साँस्कृतिक सम्बन्धमा सुधार ल्याउन निरन्तर रुपमा चीनसंग हातेमालो गरेर अघि बढ्ने बताएका छन् ।

ट्विटर मार्फत नै भारतिय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले दुई नेताबिच द्विपक्षिय सम्बन्ध सुधारका लागि सम्पूर्ण पक्षमाथि छलफल भएको जानकारी दिएका छन् । तिनीहरुबिच आपसी साझेदाीलाई गहिराउँदै लानका लागि नीतिगत संचारको सकारात्मक भुमिका हुनेबारे पनि सहमति भएके बताइएको छ ।


राष्ट्रपति सिले प्रधानमन्त्री मोदीलाई हालै लोकसभाको चुनाव जितेकोमा त्रधाई दिएका छन् ।

साथै मोदीले रुसी राष्ट्रपति भलादिमिर पुटिनसंग पनि द्विपक्षी सम्बन्ध सुधार सुदृढिकुणबारे महत्वपूर्ण छलफल भएके बताएका छन् । मोदिले अफगानिस्तानका राष्ट्रपति असरफ घानी र किगिस्तानका राष्ट्र तथा एससिओका अध्यक्ष सूरोनवे जिनवेकोभ लगायत विश्वका अन्य थुप्रै नेताहरुसंग पनि भेटवार्ता गरेको बताइएको छ ।

सन् २०१५ को जुलाईमा रसियाको उफामा बसेको आठ सदस्यीय एससिओको बैठकले भारत र पाकिस्तानलाई पूर्ण सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि सन् २०१७ मा अस्टानामा सम्पन्न एससिओको बैठकमा यि दुव ैमुलुकले औपचारिक रुपमा सहभागिता जनाएका थिए ।

भारतले पूर्ण सदस्यता लिए यताको एससिओको यो दोश्रो बैठक हो । लोकसभाको चुनिावमा शानदार विजय हासिल गरी दोश्रो कार्यकालका लागि भारतिय प्रधानमन्त्री बनेपछिको मोदीको अन्तर्राष्ट्रिय बैठकमा भएके यो पहिलो सहभागिता हो । मोदिले विहिवार शिखर सम्मेलनको पूर्ण बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले यस सम्बोधनमा एससिओ मन्च मार्फत क्षेत्रिय सहयोग र विकासका लागि आफ्नो दृष्किोण प्रस्त्ुत गर्ने भएक छन् ।


भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले साँघाइ कोअपरेसन अर्गनाइजेसन ( एससिओ ) को शिखर बैठकमा भाग लिनका लागि छोटो दूरीको पाकिस्तानी आकास मार्ग प्रयोग गरेको छैन । यसपालि किगिस्तानी शहर बिस्केकमा आयोजना हुन लागेको सो बैठकमा भाग लिन जाने क्रममा मोदी चढेको विमान ओमान , इरान र मध्य एसियाली मुलुकहरु माथिबाट उडेको हो ।

बुधवार शुरु भएको यस बैठकमा भाग लिन मोदी सवार भिभिआइपि विमान उडाउन इस्लामावादबाट ओभर फ्लाइटका लागि पाकिस्तानी हवाई मार्ग प्रयोग र्ने अनुमति प्राप्त भएपनि उडान मार्ग परिर्वतन गरिएको यसबारे जानकार सुत्रले जनाएको छ ।

गत १४ फेब्रअरीमा पाकिस्तान स्थित इस्लामिक लडाकु समूह जइस ए मोहमदले पुल्वामामा आत्मघाती आक्रमण गरी केन्दि«य आरक्षण प्रहरी फौजका ४० जना सदस्यलाई हत्या गरेयता भारत रपाकिस्तानबिचको सम्बन्ध चिसिएको थियो ।

मोदीको भ्रमण अगावै भारतको विदेश मन्त्रालयले सो भिभिआइपि उडानले लामो दूरी तय गरी किर्गिज राजधानी बिस्केक पुग्न लागेको पुष्टि गरेको थियो ।
भारतिय वायु सैनिक फौजले २६ फेब्रअरीमा पाकिस्तान स्थित जइस ए मोहमदको तालिम अखडामा आक्रमण गरेको थियो । त्यसको भोलिपल्ट नियन्त्रण रेखा (एलओसी) मा दुवै मुलुकका लडाकु विमानहरु युद्धमा होमिएका थिए ।

मोदीको सी र पुटिनसँग महत्वपूर्ण वार्ता

त्यसबेला पाकिस्तानी भुमिमा अवतरण हुन पुगेको एकजना वायु सैनिक पायलटलाई भारत समक्ष सुपुर्दगी गरेर पाकिस्तानी प्रधानमन्त्री इमारान खानले अन्तर्राष्ट्रिय जगतको प्रशंसा बटुलेका थिए ।

त्यसपछि दुवै मुलुकले तनावका कारण आ–आफना हवाई क्षेत्र बन्द गरेका थिए । तर गत मे महिनामा एससिओको विदेशमन्त्री स्तरी बैठकमा भाग लिन बिस्केक तर्फ उड्नका लागि पाकिस्तानले भारतका पुर्व विदेशमन्त्री सुषमा स्वराजलाई आफ्नो आकास प्रयोग गर्ने अनुमति दिएको थियो ।

१३ देखि १४ जुन सम्म चल्ने बैठकमा भाग लिन पाकिस्तानी हवाई मार्ग अनुमति प्राप्त भएपनि भारत सरकार स्वयमले वैकल्पिक मार्गका लागि निर्णय गरेको बुझिएको छ ।

यसैबिच बिस्केकमा अध्ययनरत भारतयि बिद्यार्थीहरुले पाकिस्तानको आकासमार्ग प्रयोग नगर्ने प्रधानमन्त्री मोदीको निर्णयको स्वागत गरेका छन् । पाकिस्तानले आफ्नो आकासमा उडान निषेध गरेपछि यि बिद्यार्थीहरु ठूलो समस्यामा परेका थिए ।

किर्गिस्तानमा अध्ययनरत मेडिकल छात्र वसिमले भनेका छन् , ‘ प्रधानमन्त्री मोदीले आफ्ना देशका बिद्यार्थीहरुले पाकिस्तानको निर्णयको कारण यात्रामा खेपिरहेको कठिनाई लाई मध्य नजर राख्द ैआफुले पनि सो मार्ग प्रयोग नगर्ने निर्णय गरेका हुन् । उनी भिआइपि संस्कृतिका विरुद्ध उभिएका छन् । उनको निर्णय पंशंसनिय छ । ’

प्रतिक्रिया दिनुहोस्