‘मानव संशाधनको विकासमा जोड दिनुपर्ने’



काठमाडौं,(नेस)
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको स्वीटजरल्यान्डमा आयोजित १०८औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सम्बोधन गर्नुभयो ।

सभापति ढकालले प्रविधिको विकास, जलवायु परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संशाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोबल कमिसनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धी प्रतिवेदनले जोड दिएको उल्लेख गर्दै असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबै पक्ष एकजूट भएर काम गर्नुपर्ने धारण व्यक्त गर्नुभयो ।

श्रम सम्मेलनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा, कामको भविष्य सम्बन्धी चुनौतीको सामना गर्न कोशेढुंगा सावित हुने सभापति ढकालले बताउनु भयो ।

नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दिगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानुनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण उल्लेख गर्नुभयो ।

कामको भविष्य, व्यवसायको भविष्यस“ग गासिएको उल्लेख गर्दै यस वस्तु तथ्यलाई ध्यानमा राखी गरिने हाम्रा प्रयास, व्यावसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने उहा“ंले बताउनुभयो । सरकार, रोजगारदाता र ट्रेड युनियनको सहभागिता रहेको सम्मेलन असार ६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्