‘श्रमलाई व्यवस्थित बनाउन सहकार्य आवश्यक’



काठमाडौं, (नेस)
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम आप्रवासनलाई व्यवस्थित बनाउन सरकार र सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनु भएको छ ।

सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि सहकार्य र साझेदारी अपरिहार्य रहेको उहा“को भनाइ छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को १०८औं पूर्णसत्रलाई सम्बोधन गर्दै मन्त्री विष्टले यस्तो विचार व्यक्त गर्नु भएको हो । आप्रवासी कामदारलाई समान अधिकार प्रदान गर्नुपर्नेमा जोड दि“दै उहा“ले यसका लागि एक अर्को मुलुक वीच छलफल र सहकार्य हुनु पर्ने विचार व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले भन्नुभयो–‘नेपालले श्रम प्रशासनको कानूनी र नीतिगत सुधारका कार्य गरेको छ, सम्मानजनक काम, श्रमिकको जीवनस्तर सुधारका लागि न्यूनतम ज्यालाको सुनिश्चितता गरी समयमै पारिश्रमिक भुक्तानीको व्यवस्था गरिएको छ ।’ श्रमिकमाथि हुने हिंसा र अपहेलना अन्त्य गरी सम्मानजनक कामको खोजी गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सन् २०२५ भित्र सबै प्रकारका बालश्रम निवारण गर्न गुरुयोजना बनाएर कार्यान्वयन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्