बलात्कार आरोपका सई जेल चलान



मोतीराम तिमल्सिना, काभ्रे । बलात्कारी प्रहरीका सई जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भएको बहस पछि विहिबार देखि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

न्यायाधिश दिपककुमार खरेलको इजलासले यौन अपराधमा संलग्न नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत सई रामविनोद राय यादवलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिनु भयो ।

रौतहट गौर घर भएका यादवले नाताले आफन्त पर्ने १९ बर्षिया सालीलाई पटक पटक यौनदासी बनाएका थिए । ती युवतीले श्रीमानको साथ पाएपछि प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी दिएकी थिइन् ।

उक्त कार्यालयले जाहेरीसहित पीडितलाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

अनुसन्धान अधिकृत प्रहरी निरिक्षक दिपक रायले सई राम विनोद राय यादवले युवतीलाई गरेको अमानविय ब्यवहार तथा यौन अपराधका बारेमा आवश्यक अनुसन्धान गरेर सरकारी वकिलको कार्यालय मार्फत अदालत बुझाईएको जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी प्रहरी प्रवक्ता दिपक गिरीले प्रहरीको भेषमा भएको अपराधमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी अदालत बुझाईएकोमा अदातले पुर्पक्षका लागि कारागार चलान गरेको स्पष्ट पार्नुभयो ।

सई यादवले १८ वर्षको उमेरदेखि पीडित युवतीको घर आएका बखत एप्पल जुसमा निद्रा लाग्ने औषधी राखेर लज पु¥याई जर्बजस्ति गरी भिडियो खिचेर फिल्म बनाउँदै पटक पटक त्यहि फिल्म देखाई यौन हिंसा गरेको थियो ।
यसबारे नेपाल समाचारपत्र दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि कारबाहीका लागि दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्