बढ्यो भाडा/बढेन भाडा



काठमाडौं, (नेस)
सावर्जनिक यातायातमा गरिएको भाडा वृद्धिको चर्काे दबाबका पछि सरकारले केही घण्टाभित्रै आफ्नो निर्णय फिर्ता लिएको छ ।

बिहीवार यातायात व्यावस्था विभागले सबै सरोकारवाला निकायसँगको छलफलपछि गरिएको भाडा वृद्धि करिव ५ घण्टा नबित्दैै फिर्ता लिएको छ । विभागद्वारा जारी विज्ञप्तिमा ‘थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुस भएकाले अर्काे सूचना प्रकाशित नहुनञ्जेल कार्यान्वयन नहुने’ उल्लेख छ ।

विभागले सबै खाले सवारीसाधनमा १२ प्रतिशत भाडा वृद्धि गरेको थियो भने बिहान ८ बजेदेखि राति ७ बजेसम्म सबै खाले मालवाहक सवारीसाधनलाई रिङ रोड ललितपुर भक्तपुर र कीर्तिपुरमा रोक लगाएको थियो । साथै रात्रिकालीन सवारी सञ्चालन गर्न र ट्याक्सीमा समेत वैज्ञानिक फ्याट डाउन प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्