ओलीसँग कुनै असमझदारी छैन, मिडीयाले यस विषयलाई त्यसै बिकाउन खोजेः प्रचण्ड



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको नेतृत्वका विषयमा नयाँ सहमति र समझदारी गरेर अघि बढ्ने संकेत गर्नुभएको छ । बिहिवार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ स्थित कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मीत भवन उद्घाटनका लागि आउनुभएका दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग कुनैपनि असमझदारी नरहेको प्रष्ट पार्दै मिडीयाले सरकार र पार्टी नेतृत्वको विषयलाई मन पराएर बिकाएको बताउनुभयो ।

सहमति र समझदारीकै आधारमा पार्टी एकता गरिएको भन्दै पुरानो सहमति जस्ताको तस्तै कार्यान्वयन नगरि नयाँ सहमतिका आधारमा अघि बढ्न सकिने बताउनुभयो । ‘सरकारको नेतृत्वको विषय मिडीयाका साथीहरुलाई खुबै मन परिरहेको छ, तर प्रधानमन्त्री ज्यू र म बीचमा त्यस्तो असमझदारी नै छैन’, दाहालले भन्नुभयो, ‘सहमति र समझदारीकै जगमा एकता ग¥यौं, फेरीपनि सहमति र समझदारीमै हामी अघि बढ्नेछौं ।’ विवाद सिर्जनाको मनशायले आफुले सरकारको नेतृत्वको प्रशंग नउठाएको दावी गर्दै उहाँले पहिलेको सहमति जस्ताको तस्तै कार्यान्वयन गर्नैपर्छ भन्ने नभएको समेत बताउनुभयो ।

‘हिजो एउटा परिस्थितीमा एकखालको सहमति भएकै हो, त्यही सहमतिअनुसार पनि हुनसक्छ’, दाहालले भन्नुभयो, ‘यसै हुन्छ भन्ने छैन, नयाँ सहमति र समझदारी गरेर अघि बढ्न सकिन्छ ।’

मिडिया काउन्सील बिधेयक, गुठी बिधेयक र लोकसेवा विज्ञापन प्रकरणमा प्रधानमन्त्री केपी वली स्वदेश फर्कनासाथ छलफल गरेर टुंग्याइने दाहालले बताउनुभयो । ‘मिडीया काउन्सिल, गुठी बिधेयक र अन्य विधेयकहरुका सवालमा प्रधानमन्त्री ज्यू फर्कीएपछि गम्भीर छलफल गरेर निचोडमा पुग्छौं’, दाहालले भन्नुभयो । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा कूपकन्या माध्यमिक विद्यालयको उद्घाटनका लागि दाहाल बिहिबार मध्यान्ह १२ बजे हेलिकप्टरमा बलेफी ६ सिथ्त मांखा आइपुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्