साउदी विमानस्थलमा मिसाइल आक्रमण



एजेन्सी । साउदी नेतृत्वको सैन्य गठबन्धनले बुधबार साउदी अरबीयाको दक्षिणी भागको एउटा विमानस्थलमा मिसाइल आक्रमण भएको बताएको छ । आक्रमणमा २६ जना घाइते भएको बताइएको छ ।

पश्चिमा शक्तिको समर्थन पाएको सुन्नी मुसलमानको गठबन्धनले इरानसमर्थित केही समयदेखि हुथी आन्दोलनविरुद्ध संघर्ष गरिरहेको छ ।

विहानपख भएको ड्रोन आक्रमणलाई गठबन्धनले अन्तर–सीमा आतकंवादको संज्ञा दिएको छ ।

गठबन्धनले जारी गरेको एउटा वक्तव्यमा आक्रमणपछि हुथीले इरानको समर्थन पाइरहेको प्रमाणीत भएको बताएको छ । आक्रमण अभा विमानस्थलको आगमन कक्षमा भएको र तयसले भौतिक क्षति पनि पु¥याएको उनले बताए ।

आक्रमणका कारण आठ जनालाई अस्पताल भर्ना गर्नु परेको भए पनि बाँकीलाई सोही स्थानमा उपचार गरिएको वक्तव्यमा भनिएको छ ।

हुथीद्वारा संचालित मसिरा टीभीले आफू सम्बद्ध फौजले अभा विमानस्थलमा ‘क्रुज मिसाइल’ आक्रमण भएको बताएको थियो । विमानस्थल यमनको सिमानाभन्दा २०० किमी उत्तरमा रहेको छ ।

विमानस्थल आन्तरिक र क्षेत्रीय रुटको रुपमा काम गथ्र्यो । साउदी अरबको नागरिक उड्यन निकायका अनुसार हवाई ट्राफिक सामान्य अवस्थामा छ ।

मंगलबार हुथीका सैन्य विभागका प्रवक्ता साउदी अरबका प्रत्यक विमानस्थलमाथि आक्रमण गरिने बताए । उनले आगामी दिन साउदी अरबीयाले ‘स्तब्धकारी घटना’ भाग्ने चेतावनी दिए ।

साउदी अरबीया र संयुक्त अरब एमिरेटले यमनमा अन्तराष्ट्रिय रुपमा स्वीकृत प्राप्त सरकार पुनरस्थापित गर्ने भन्दै सन् २०१५ देखि आक्रमण गरिरहेको छ । विद्रोही हुथीले सन् २०१४ को अन्तिममा राजधानी सानाको सरकारलाई लखेटेको थियो ।

प्रतिक्रिया दिनुहोस्