मिम बनाउनेको पक्ष र विपक्षमा वकालत



फिल्म निर्माता तथा निर्देशक मिलन चाम्सले प्रनेश गौतमले आप्mनो फिल्म वीर विक्रम २ तथा त्यसका कलाकारहरूलाई अपशब्द प्रयोग गर्दै र होच्याउ“दै मिम बनाएपछि प्रहरीमा उजुरी दिएका छन्। उनको उजुरीका आधारमा प्रनेश पक्राउ परेका छन्। उनको पक्राउलाई लिएर पक्ष र विपक्षमा अभिव्यक्ति आउन थालेका छन्।

‘एब्सर्डिस्ट ≈युमरलाई विश्वभर सामान्यरूपमा लिइन्छ। त्यस्तै शैलीमा सिनेमाको ह“स्यौली समीक्षा गरेकामा प्रनेश गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ। आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस्’ नेपाली कांग्रेसका नेता गगन थापाले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्। उनको स्ट्याटसमा सहमति र असहमतिमूलक प्रतिक्रिया देखिएका छन्। कतिपयले उनलाई उक्त भिडियो हेरेर मात्र प्रतिक्रिया दिन सुझाएका छन्। नायिका तथा निर्मात्री ऋचा शर्माले संविधानले स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकार दिए पनि कसैले छालाको रंग, शरीरको बनावट, आनीवानी, लवज, भेषजस्ता व्यक्तिगत कुरालाई लिएर प्रश्न गर्ने अधिकार नभएको जनाउ“दै एउटा मिम बनाउने पेजलाई सचेत गराउनु ठीक भए पनि थुनामा राख्न नहुने फेसबुकमा जनाएकी छिन्। उनले अब निर्णय गर्ने अधिकार अदालतलाई दिन पनि अनुरोध गरेकी छिन्।

‘वर्षौं लगाएर एउटा सिनेमाकर्मीले उसको पहिचान बनाएको हुन्छ। ती कुरामा प्रश्न उठाउ“दा एउटा सिनेमाकर्मीले हा“सीहा“सी त्यो कुरा स्वीकार गरेको भए पनि मन मा एकदमै पीडा भएको हुन्छ्। त्यसको एउटा उदाहरण म पनि हु“। प्रनेशको केसमा नेपाली फिल्मलाई केही भन्नै नहुने जस्तो विचार आएको छ। त्यो गलत हो, बल्ल बल्ल उकालो लाग्दै गरेको नेपाली फिल्म क्षेत्रबाट दर्शकहरूलाई फेरि भाग्न प्रेरित नगरौं। म मध्यस्थमा बसेर यो घटनामा जति सक्छु, त्यति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु’ लामो स्ट्याटस लेख्दै ऋचाले भनेकी छिन्। त्यसै गरी अभिनेता तथा निर्माता दीपकराज गिरीले गल्ती गर्नेलाई कानुनी सजाय दिए पनि मानवीय दृष्टिकोणबाट समेत हेरिदिन सुझाएका छन्। ‘गल्ती गर्नेले कानुनी सजाय भोग्नुपर्छ। तर कहिलेकाहीं मानवीय दृष्टिकोणबाट पनि हेरिनुपर्छ। मिम नेपाल र मिलन चाम्सजीको यो केसबाट म छक्का पन्जा पाइरेसी केसलाई सम्झिरहेको छु। त्यति बेला हामीले संयमता अपनाउ“दा अपनाउ“दै त त्यस्तो दुर्घटना हुन पुग्यो, जसले अहिलेसम्म हामीलाई पीडाबोध भइरहन्छ। यो केसमा पनि अलि संयमता जरुरी छ जस्तो लाग्यो मलाई’, दीपकले फेसबुकमा उल्लेख गरेका छन्– ‘क्षमादान पनि ठूलो दान हा। दुवै पक्षले बसेर गल्ती गर्नेले आत्मालोचना गर्ने र सम्बन्धित पक्षले हाम्रै घरको विषय हो भनेर माफी दिनतिर लाग्नु नै उत्तम हुन्छजस्तो लाग्छ।’

यसैबीच नेपाली फिल्म क्षेत्रस“ग सम्बन्धित विभिन्न संघसंस्थाले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरी वैयक्तिक स्वतन्त्रता र चरित्रमाथि प्रहार गर्ने अधिकार र छुट कसैलाई नहुने जनाइएको छ। ‘अभिव्यक्ति स्वतन्त्रता एवं स्वतन्त्रत प्रेसको हामी सदैव सम्मान गर्दछौं। संविधानले नै सुनिश्चितता गरेको प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संविधान र कानुनले त्यसको सीमा र परिधि निर्धारण गरेको हामी सबैमा विदितै छ। कुनै पनि विषयवस्तुका बारेमा मर्यादितरूपमा राम्रो र नराम्रो पक्षको चित्रण गर्नु सबैको अधिकार र संवैधानिक हक रहन्छ। तर त्यसो भन्दैमा कुनै व्यक्ति विशेषमाथि आग्रह पूर्वाग्रह भई व्यक्तिगत लाभलाई मानक मानी अनर्गल गाली बेइज्जती गर्ने, अभिव्यक्ति स्वतन्त्रताको आडमा यसको मूलमर्म र सिद्धान्त बिर्सेर संविधानले ग्यारेन्टी गरेको व्यक्तिको वैयक्तिक स्वतन्त्रता र चरित्रमाथि प्रहार गर्ने अधिकार र छुट कसैलाई हु“दैन’, विज्ञप्तिमा भनिएको छ– ‘संविधानले सुनिश्चित गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई चलचित्र क्षेत्र सधैं सम्मान गर्दछ। तर अभिव्यक्ति स्वतन्त्रतालाई ढाल बनाएर कुनै संस्था वा व्यक्तिको सार्वजनिक चरित्र हरण गर्नु, आर्थिक पाटोलाई ध्येयमा राखी स्वर्थ सिद्धका लागि यस्ता प्लेटफर्मको गलत प्रयोग गर्नु आफैमा निन्दनीय कार्य हो।

समाजको रूपान्तरणका लागि चलचित्रको महŒव, गरिमा र यसका बहुआयमिक प्रभावका बारेमा सबै सचेत नागरिक जानकार रहेका छन्।’ नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटा, नेपाल चलचित्र उपकरण व्यवसायी संघका महासविच सम्र्राट सापकोटा, नेपाल चलचित्र द्वन्द्व संघका अध्यक्ष सूर्य थोकर लामा, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनार, नेपाल चलचित्र नृत्यकार संघका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रभात र नेपाल चलचित्र निर्देशक समाजका सहकोषाध्यक्ष राजु अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘फिल्म क्षेत्र एउटा विशुद्ध मनोरञ्जनको क्षेत्र मात्र नभई यसले राष्ट्रको सार्वभौमिकतालाई अक्षुण्ण राख्ने, समाजका विकृति, विसंगतिलाई उजागर गर्दै समाजमा घट्ने हरेक घटनालाई आम जनमानसमा प्रस्तुत गर्दै आप्mना मौलिक भाषा, कला, साहित्य, संस्कृति र भेषभूषालाई संरक्षण एवं संवद्र्धन गर्ने स्वदेशी चलचित्र उपर कुदृष्टि, वैरीभाव एवं पूर्वाग्रही भई पत्रकारिताको धर्म, मर्म, मूल्यमान्यता र नैतिक धरातललाई बिर्सेर वीर विक्रम २ माथि भएको÷गरिएको अन्यायका बारेमा चलचित्र क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ र यस्ता प्रकृतिका कार्यको घोर भत्सर्ना गर्दछ।’

विज्ञप्तिमा नेपाली फिल्मको समग्र विकास, विस्तार, संरक्षण एवं प्रवद्र्धनका लागि चलचित्र पत्रकार, चलचित्रकर्मीलगायतका यस क्षेत्रस“ग प्रत्यक्ष र परोक्षरूपमा सरोकार राख्ने सबै निकायको साथ र सहयोग अपरिहार्य रहेको तथा सबैस“ग विवादरहित ढंगबाट हातेमालो गर्दै अगाडि बढ्न चाहेको उल्लेख गरिएकोे छ।

प्रतिक्रिया दिनुहोस्