प्रतिभा प्रदर्शन



रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा पर्सि शनिबार राजधानीमा हुने मिस्टर एन्ड मिस एसईई अफ द इयर २०१९ का प्रतिस्पर्धीले आफूमा भएको प्रतिभा प्रदर्शन गरेका छन्।

एसईई दिएर उच्च शिक्षा अध्ययनको प्रतीक्षामा रहेका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वासका लागि आयोजना गरि“दै आएको मिस्टर एन्ड मिस एसईई अफ द इयरका प्रतियोगिहरूले ट्यालेन्ट राउन्डमा आ–आप्mना प्रतिभा प्रदर्शन गरेका हुन्। ट्यालेन्ट शोअन्तर्गत प्रतियोगीहरूले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोमा फिल्म निर्देशक राजु अधिकारी, कोरियोग्राफर लिगेश लिलाधर भट्टराई र अभिनेत्री कस्मता निरौला निर्णायक रहेका थिए। पेजेन्ट निर्देशक निशुकान्त झाका अनुसार ट्यालेन्ट राउन्डबाट मिस्टर ट्यालेन्ट र मिस ट्यालेन्टलगायतका विभिन्न उपउपाधिका विजेता चयन गरिनेछ। विजयीहरूको घोषणा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाकै दिन गरिनेछ।

प्रतियोगिताका लागि छात्रतर्फ रोहन खत्री, सागर महर्जन, रिजन श्रेष्ठ, अनन्त क“डेल, अंकिस श्रेष्ठ, सुवास सापकोटा र समीर खत्री अन्तिम स्पर्धामा उत्र“दै छन् भने छात्रातर्पm अलिसा श्रेष्ठ, सजना डंगोल, स्नेहा घिमिरे, प्रिसा गिरी, रिन्छेन तामाङ, काजोल श्रेष्ठ, दिनिसा खत्री, अञ्जु श्रेष्ठ, सलिना कट्टेल, लिजा श्रेष्ठ, सन्ध्या महर्जन, सन्ध्या अधिकारी, सुरेशा श्रेष्ठ, रचना कार्की, प्रस्तुति तिमल्सिना, श्रीयुक्ता भट्टराई, प्रिज्मा सापकोटा, स्वर्णा साह, गीताञ्जली श्रेष्ठ, स्वस्तिका सुवेदी, सुहाना न्यौपाने, प्रिया केसी, सिम्रन भारती, प्रेरणा मेहता र ऋषिका तामाङ अन्तिम स्पर्धामा भिड्दै छन्। प्रतियोगिता रेनु सेन्चुरीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्