मलाइका दीपिकाको जस्तै सारीमा देखिएपछि …



विभिन्न अभिव्यक्तिका कारण चर्चामा छाइरहने बलिउड आइटम डान्सर मलाइका अरोरा यसपटक आफ्नो पहिरनका कारण ट्रोल भएकी छिन्।

भारतीय अनलाइन पोर्टल न्युज एटिनको समाचारअनुसार हालै अभिनेत्री सोनम कपुरले आफ्नो जन्मदिनको अवसरमा आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन मलाइका पनि तामझामका साथ पुगिन्। सबै क्यामेरा उनीतिर मोडिए। सेतोमा रातो बुट्टा भएको सारीमा उनी निकै खुलेकी थिइन्। तर जब उक्त कार्यक्रमको फोटो बाहिरियो, मासिहरूले उनलाई ट्रोल गर्न शुरू गरे।

उनी सञ्जालमा मज्जाले ट्रोल भइन्। किनभने मलाइकाले लगाएको उक्त साडी केही समयअघि नायिका दीपिका पादुकोणले लगाएको सारीस“ग हुबहु मिल्थ्यो। केही समयअघि दीपिका आफन्तको विवाहमा सरिक हु“दा यस्तै सारी लगाएर पुगेकी थिइन्। यो सारी मानिसहरूले निकै मन पराएका थिए। यही कारण मलाइकाले पनि यस्तै सारी रोजेको हुनुपर्छ। उनीहरूको सारी उस्तै भए पनि ब्लाउजको डिजाइन भने फरक छ।

प्रतिक्रिया दिनुहोस्