धनुषा: नगरपालिकाको कार्यालयमा बम विस्फोट




धनुषा । धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।

बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्