मापदण्डविपरीतका पेट्रोल पम्पमाथि कारबाही



गोकुल घोरसाइने, बारा
जिल्लाका अधिकांश पेट्रोल पम्प मापदण्ड विपरित सञ्चालन हु“दै आएको पाइएपछि स्थानीय प्र्रशासनले निगमन शुरु गरेको छ । यसक्रममा नेपाल आयल निगममार्फत इन्धन आपुर्ति रोक्का गरेर ९ वटा पेट्रोल पम्पलाई बन्द गरेको छ ।

प्रशासनले राजमार्गमा पर्ने ६ र दसगजा छेउको २ गरी ८ वटालाई दुई साता अघि र कलैया उपमहानगरपालिका–२ स्थित जगदम्बा आयल स्टोरलाई गत मंगलबार बन्द गरेको हो ।

पेट्रोल पम्पहरुमा अनियमितता भएको पाइएपछि त्यस्ता पेट्रोल पम्पमाथि स्थानीय प्रशासनले नियमन र कारवाही थालेकोको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता प्रशासकीय अधिकृत मुरारी कार्कीले बताए । उनका अनुसार त्यस्ता पम्पहरुले उपभोक्तालाई कम तौलमा इन्धन दिइ ठगी गर्नेदेखि नेपाल भारत सिमाको दसगजा क्षेत्रमा नियम विपरित सञ्चालन भएको पाइएको छ । यसैगरी पर्ती ऐलानी जग्गा र सडक अतिक्रमण गरेरसमेत पेट्रोल पम्प सञ्चालन गरेको भेटिएको छ ।

साविक रामपुर टोकनी गाविस–२ मा आप्mनो नीजि जग्गामा पेट्रोल पम्प संचालन गर्न भन्दै लिइएको अनुमति अर्कै ठाउ“मा सञ्चालन गरेको पाइएको छ । चित्र गुप्त पेट्रोल पम्प ऐलानी जग्गामा सञ्चालन गरिएको पाइएकोले बन्द गरिएको उनले बताए । वीरगन्ज–पथलैया ६ लेनको सडक मिचेर जबर्जस्ती सञ्चालन गर्दै आएको ५ वटा पेट्रोल पम्प पनि बन्द गरिएको उनले जानकार्री दिए । सडकमा पर्ने अटो पियर पेट्रोल पम्प, अपना आयल स्टोर, कटारुगाा पेट्रोल पम्प, राहुल पेट्रोल पम्प र तराई आयल स्टोर बन्द गरिएको हो । दसगजाबाट क्रमशः ९ सय र ५ सय मिटर दुरीभित्र सञ्चालन हु“दै आएको सुवर्ण गाउ“पालिका–३ को आयुष आयल स्टोर र पचरौता नगरपालिका–४ बेल्दारीको अमन एण्ड सुमन आयल स्टोर बन्द पनि भएका छन ।

दसगजा भन्दा २ किमी टाढा दुरीमा मात्र पेट्रोल पम्प सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘सिमा क्षेत्रमा खुलेका पम्पले नेपाली उपभोक्तालाई इन्धन नदिइ भारततिर अवैध निकासी गर्ने गरेको गुनासो आएपछि नियमन गर्न खाजेका छौं,’ कार्कीले भने ।

कलैया उपमहानगरपालिका–२, मानमत–मटिअर्वा सडक खण्डमा पर्ने जग्दम्बा आयल ट्रडर्सले भने उपभोक्तालाई कम इन्धन दिदैं आएकोले कारबाहीको लागि बन्द गरिएको बताइ्रएको छ । उसले प्रत्येक १० लिटर इन्धनमा ३ सय एमएल कम इन्धन दिदैं आएको उपभोक्ताको गुनासा थियो । प्रशासनले बन्द गरेका पम्पहरुलाइ्र्र गुणस्तर तथा नापतौल र आयल निगमसित समन्वय गरी थप कारबाही प्रक्रिया अघि बढाएको पनि जानकार्री दिएको छ ।

यसैबीच चित्र गुप्त पेट्रोल पम्पको सञ्चालकले स्थानीय प्रशासनविरुद्ध जनकपुरधाम उच्च अदालतको अस्थायी इजलास वीरगन्जमा ‘स्टे अर्डर’ को लागि निवेदन दिएको छ । केही महिना अघि पनि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगन्जले अनुगमन गर्दा मापदण्ड विपरित र उपभोक्तालाइ्र्र ठगी गरेको आरोपमा जिल्लाका आधा दर्जनभन्दा बढी पेट्रोल पम्पमाथि मुद्दा चलाएको थियो । थप मेसिन प्रयोग गरेर उपभोक्तालाई कम तौलमा इन्धन दिने गरिएको गुनासो बढेपछि क्षेत्रीय कार्यालयले मुद्दा चलाएको हो । कलैया उपमहानगरपालिका–१ स्थित अमित आयल स्टोर्स, कलैया–१४ स्थित महम्म्द आयल स्टोरलगायतमा नापतौलले सिल गरेको थियो ।

त्यसैगरी जिल्लामा अधिकांश पेट्रोलपम्प पुर्वाधारबीना संचालनमा छन । पम्पहरुमा अनिवार्य व्यवस्था गर्नुपर्ने भनिएको खाने पानी र चर्पीकोसमेत सुविधा छैन । राजमार्गमा रहेका केही पेट्रोल पम्पहरु २४औं घण्टा सेवा दिनुपर्नेमा असुरक्षाको कारण देखाउ“दै राती ८ नबज्दै बन्द गर्ने गरेको पनि पाइएको छ । ‘सुरक्षा व्यवस्था हु“दा हु“दाहु“दै बहाना बनाएर उपभोक्तालाई इन्धन नदिएको गुनासो आएमा त्यस्ता पेट्रोल पम्पमाथि छानबिन गरी नसिहत दिने सकिन्छ,’ नेपाल आयल निगम क्षेत्रीय डिप्पो अमलेखगन्जका प्रमुख प्रदीप यादवले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्