सिक्रि लुटियो



काठमाडौं(नेस) । बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित सडकबाट पैदलयात्री सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका–१ घर भएकी कोशी शेर्पाको घाँटीमा लगाएको करिब ६० हजार रुपैयाँ बराबरको सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले उक्त सिक्री लुटी फरार भएको भन्ने जानकारी प्राप्त हुना साथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्