लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता



काठमाडौं, (नेस)
लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा ग्राहकले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने विभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्