खानेपानी आयोजनामा सामुदायिक सहकारीको साथ



काभ्रे, (नेस)
पा“चखाल नगरपालिकाले नगर विकास कोष र एसियाली विकास बैंकको लगानीमा २ अर्ब २१ करोडको सुनकोशी–पा“चखाल खानेपानी आयोजना सम्पन्न गर्न लागेको छ ।

उक्त आयोजनामा जनताको तर्फबाट कुल योजनाको ५ प्रतिशत जनसहभागिता बापत प्रत्येक घरधुरीले १८ हजारका दरले जम्मा गर्नुपर्ने रकम संकलन कार्य तीव्र रुपमा भइरहेको छ । पा“चखाल नगरपालिकाभित्रका ६ हजार २ सय घरधुरीले उक्त रकम जम्मा गर्नुपर्नेछ । जसमध्य १ हजार ८ सय घरधुरीले जनसहभागितावापतको रकम एकैपटक बुझाउन असमर्थ हुने देखिएपछि सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले उनीहरुलाई सहयोग गर्ने भएको हो ।

न्यूनतम ब्याजदरमा किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरी सहकारीस“ग सम्झौता समेत भएको छ ।

प“चखाल खानेपानी आयोजनाका अध्यक्ष कुमार लामिछानेका अनुसार सामुदायिक बचत तथा ऋण सहकारी संस्थास“गको यो सम्झौताले यहा“का न्यून आय भएका उपभोक्ता लाभान्वित भएका छन् । सम्झौताले जनसहभागिता वापतको रकम एकैपटक बुझाउन असमर्थ हुने न्यून आय भएका करिब १ हजार ८ सय घरधुरीका नगरबासीलाई खानेपानी उपलब्ध गराउन पनि सहज हुने लामिछानेको भनाइ छ ।

सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले शेयर सदस्यलाई बचत तथा ऋणका सुविधा मात्र नभई, जनतालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रममा सामुदायिक साकोस सदैव अग्रसर हुदै आएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्