युवा उद्यमीलाई राजनीतिक गतिविधिमा सक्रिय हुन भट्टराईको आग्रह



नेपाल समाचारपत्र, काठमाडौं
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति व्यापार तथा उद्योगबाट अलग नरहेकोमा जोड दि“दै युवा उद्यमीलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चद्वारा आयोजित बाबुराम ‘भट्टराईको आ“खाबाट नेपाल’ शीर्षकको अन्तत्र्रिmयामा उहा“ले सो कुरा बताउनुभएको हो ।

नेपाल किन बा“की विश्वभन्दा पछाडि परेको भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्वप्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्य उल्लेख गर्दै भन्नुभयो–‘१८औं शताब्दीमा नेपाल २५ वटा विकसित देशभित्र पथ्र्यो । तर, शाह तथा राणा शासनकालमा नेपाल बा“की विश्वस“ग अलग रही नागरिकको ओहोर दोहोर नहु“दा प्रगति रोकिन पुग्यो । तर, अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।’

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देशबीचको गतिशील पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उहा“ले उल्लेख गर्नुभयो । चीनस“गको सम्बन्धले महŒव राखे पनि भारतस“गको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र आर्थिक सम्बन्धले भारतस“ग नेपाल थप नजिक रहेको पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

उहा“ले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विश्वास रहेको पनि उहा“ उल्लेख गर्नुभयो । छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्