डुँगा डुब्यो



काराकास,(एजेन्सी)
कुराकाओ टापु तर्फ गइरहेको एउटा डुँगा समुद«मा डुब्दा त्यसमा सवार ३२ जना भेनेजुयाली आप्रवासी हराइरहेको बुधवार एकजना राजनीतिज्ञले बताएका छन् ।

सो समुह शुक्रवार उत्तर पश्चिमी फाल्कोन राज्यको एउटा गाउँबाट स्पिडबोटमा निस्केको र त्यसपछि तिनीहरुको कुन ैअत्तोपत्तो नरहेको तिनीहरुका आफन्तले बताएका छन् । पछिल्ला केहि साता भित्र भेनेजुयलामा भएके यो तेश्रो डुँगा दुर्घटना हो । संयुत्त राष्ट्र संघका अनुसार सन् २०१५ यता करिव चालिस लाख मानिसले भेनेजुयला छाडिसकेका छन् । आर्थिक चपेटाको कारण यसरी तिनीहरु पलायन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्