तेस्रो वार्ताका लागि ट्रम्प तयार



वासिङटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई उत्तर कोरियाली नेता किम जोङ उनको एक महत्वपुर्ण पत्र प्राप्त भएको बताएका छन् ।

उक्त कुराको जानकारी दिँदै उत्तर कोरियासँग वार्ता जारी राख्ने इच्छा ब्यक्त गरेका छन् । एक महिना अगाडी मात्रै उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणपछि ट्रम्पले असन्तुष्टी ब्यक्त गर्दै किमसँग वार्ता गर्न इच्छुक नभएको बताएका थिए ।

वास्तवमा गत महिना उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको थियो । यस क्रममा किम आफै परिक्षण हेर्न उपस्थित भएका थिए । अमेरिका र दक्षिण कोरियाले यो परिक्षणको पनि पुष्टि गरेको थियो । यद्यपी ट्रम्पले मंगलबार उक्त घटनालाई पन्छाउँदै किम आफनो कुरामा कायम रहेको बताए । आफनो लागि यो अत्यन्त महत्वपुर्ण भएको बताए ।

अमेरिकी राष्ट्रपतिले पत्रमा किमले के लेखेको छ भन्ने बताएको छैन । तर उनले किमसँग तेस्रो वार्ताका लागि चासो देखाएका छन् । ह्वाइट हाउसमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने– भेटवार्ता तेस्रो पटक पनि हुन सक्छ । तर वातावरण सही हुन जरुरी छ । उनीहरु तयार भयो भने हामी तयार हुनेछौं ।

प्रतिक्रिया दिनुहोस्