हङकङमा रबरको गोली चल्यो



हङकङ,(एजेन्सी)
नयाँ सुपुर्दगी विधेयक विरुद्ध हङकङको सडाकमा उत्रेका प्रदर्शनकारीहरु विरुद्ध बुधवार प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेकोछ । प्रदर्शनकारीहरुले सडक र सरकबारी भवनहरु वरपर अवरोध सिर्जना गर्दै प्रहरी माथि ढुागामुढा गरेका थिए ।

हङकङमा अपराध सम्बन्न्धी मुद्धा खपिरहेकाहरुलाई थप कारवाहीका लागि मुख्य भुमि चीन समक्ष सुपुर्दगी गर्न दिन यो नयाँ विधेयक प्रस्तावित गरिएको हो । हंगकंग चीनको विशेष प्रशासकिय क्षेत्र हो ।

यहि २० जुनमा यस विधेक माथि हुने अन्तिम मतदानमा यो पारित हुँदैछ । व्यापक विरो प्रर्दशनको वावजुद पनि सरकारले अझै पनि यस विधेयकको समर्थन गरिरहेको छ । तर विधानसभा परिषदले भने यस विधेयकको दोश्रो चरणको कारवाहीमा ढिलाई गरेको छ ।

परिषदले बुधवार एक विज्ञप्ति जारी गर्दै पुर्व निर्धारित कार्यक्रम रद्ध गरिएको र अर्को कारवाही कहिल ेहुने हो भन्ने स्पष्ट नभएको बताएको छ । अहिले सम्म हिँसात्मक प्रर्दशनको क्रममा २२ जना घाइते भएको र तिनीहरु मध्ये कोहि पनि चिन्ताजनक नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्