कस्तो हुन्छ आर्थिक क्रान्ति ?



सञ्चारकर्मी आन्दोलनमा, निर्माण व्यवसायी आन्दोलनमा, गुठियार आन्दोलनमा, मानव अधिकारवादी आन्दोलनमा, सडक बनेन भन्दै स्थानीय आन्दोलनमा, बनेको सडक गुणस्तरहीन भयो भन्दै आन्दोलन…।

हैन, अहिले कहाँ र कुन क्षेत्रमा चाहिँ आन्दोलन छैन ? यता आन्दोलन, उता आन्दोलन, त्यता आन्दोलन भएसी धरहरा आजकल धेरै अलमलमा प¥या छ । यस्तै चलिराख्या बेला प्रधानमन्त्री, मन्त्री र सत्ता कित्तामा उभिएका अनि आफूलाई अग्र्यानिक कम्रेड बताउनेहरु भन्छन्–‘देशले सबै किसिमका राजनीतिक आन्दोलनबाट मुक्ती पायो, अब मुलुकलाई आर्थिक क्रान्तिको खाँचो छ ।’

प्रधानमन्त्री र अन्य मन्त्रीहरुको विदेश भ्रमणमा होस या यतै विदेशीहरुसँगको हाई हेल्लोमा होस त्यहि प्रसङ्ग जोड्या जोड्यै गर्छन् भन्या । आर्थिक क्रान्ति विदेशबाटै भित्रिने भएर पो हो कि ? अनि आर्थिक क्रान्ति भन्या चाहिँ कस्तो हो, त्यो कुन रुप, रङ, गन्ध वा ढंगको हुन्छ, बुझ्न पाए हुन्थ्यो ।

कि अहिले उर्लिराख्या विभिन्न प्रकृतिका आन्दोलन नै आर्थिक क्रान्तिको प्राक्टिस् हो ?

प्रतिक्रिया दिनुहोस्