हरियाली र सफा वडा अभियान



ललितपुर महानगरपालिका वडा नम्बर १८ ले वडाका खाली स्थानमा एक हजार वृक्षरोपण शुरु गरेको छ । वडा क्षेत्रमा रहेको वालकुमारी सामुदायीक सामुदायीक बन, मञ्जुश्री गल्छेडो , बाटोको दायाबाया वागमती नदी छेउ, पार्क लगायत एक दर्जन भन्दा बढी स्थामा वृक्षरोपण गर्ने भएको छ । वडाले विशेष गरी सिजन अनुसारको वृक्षरोपण गर्ने योजना बनाएको छ । वडा सदस्य एवं शिक्षा, स्वाथ्य, वातावरण र खेलकुद संयोजक गोपाल डंगोलले वर्षा अगाबै सबै क्षेत्रमा वृक्षरोपण गर्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो–करिब ५ फिट अग्लो फुल र अन्य प्रजातिको वृक्षरोपण गर्नेछौ । वडाले वालकुमारी सामुयादीक वनको सहयोगमा वन क्षेत्रमा वृक्षरोपण गर्न लागेको हो ।


महानगरको हरियाली वडा बनाउने योजना सहित वृक्षरोपण कार्यक्रम आयोजना गर्न लागिएको संयोजक डंगोलले जानकारी दिनुभयो । हामी महानगरको हरीयाली वडा निर्माणको अभियानमा छौ, अहिले खुला क्षेत्रको संरक्षण वृक्षरोपण गरेर गर्ने तयारी गरेका छौ–संयोजक डंगोलले भन्नुभयो । वडाले श्री वालकुमारी श्रृजना क्लब, मेडिसिटी अस्पताल , विभिन्न टोल सुधार समिति, क्लबको सहकार्यमा वृक्षरोपण गर्न लागेको हो । वडाले वृक्षरोपणसंगै सरसफाई अभियान शुरु गरेको छ । वडाले विश्ववातावरण दिवसदेखि निरन्तर रुपमा सफाई अभियान शुरु गरेको हो । सबै वडावासीको सहयोगमा सफाई अभियान शुरु गरेको वडाले जनाएको छ । नख्खुचोकदेखि, मगरगाउ, चोभार पुल सिमाना लगायत वडामा सबै टोलमा सफाई अभियान शुरु गरेको संयोजक डंगोेले बताउनुभयो । एक दिनमात्र सफाई गरेर वडाका सम्पुर्ण बस्ती सफा नहुने भएकोले नियमित रुपमा अभियान संचालन गर्न लागेको उहाको भनाई छ ।

ललितपुर महानगरको वडा १८ मा १ हजार वृक्षरोपण गर्ने

वडाले सफाइसंगै जनचेतना ¥याली आयोजना गरेको थियो । वडा अध्यक्ष पुरुषोत्तम खड्काको नेतृत्वमा, विभिन्न टोल सुधार समिति, वालकुमारी विद्यालय, हाइल्याण्ड, निर्मल स्कुल, महिला समुह, क्लब , मेडिसिटी अस्पताल लगायतका संघ संस्थासंग मिलेर आयोजना गरीएको कार्यक्रममा फोहोर व्यवस्थापन नेप्सेम्याकले गरेको थियो । यस्तो¥लायी सहित जनचेतना ¥याली निरन्तर रुपमा आयोजना गर्नेछौ–वडा अध्यक्ष खड्काले भन्नुभयो । हरियाली वडा निर्माण गर्ने र वडालाई सफा वडाको रुपमा परिचय दिने उद्देश्यले नियमित सरसफाई र वृक्षरोपण कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष खड्काको भनाई छ ।

वातावरण विभागका संयोजक डंगोलले वडाक्षेत्रमा सफाई संगै चकलेट, पराग, चुरोट, गुट्खा लगायत सुर्तिजन्य पदार्थका खोल बिसर्जन गर्न सबै पोलमा डस्टबिन राख्ने योजना बनाएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–हरियाली र सफा वडा बनाउने योजना तय गरेको वडाले सबै नागरीकको सहयोगमा सडक छेउ र बिजुलीको पोलमा डस्टबीन राख्ने छौ । ऐतिहासिक वडाको रुपमा चिनीएको यो वडाको पहिचान बनाउने वातावरण सम्बन्धी कार्यक्रमलाई अघि बढाएको वडाको भनाई छ ।

वडाले खुला पर्ति जग्गाको संरक्षण गर्ने र सो क्षेत्रमा पार्क निर्माण गर्न विभिन्न योजना अघि बढाएको छ । खाली क्षेत्रको संरक्षण वृक्षरोपण गरेर गर्ने तयारी गरेको जानकारी गराउदै संयोजक डंगोलले भन्नुभयो–खाली चौर, पर्ति जग्गा पहिचान गरिसकेका छौ , त्यसमा वृक्षरोपण गरेर संरक्षण गर्नेर्छौ । वडाले वस्सलादेवी मन्दीर क्षेत्रलाई हरियाली र पिकनिक क्षेत्रमा परिणत गर्न नया योजना समेत शुरु गरेको छ । इन्द्रलाल महर्जनको संयोजकत्वमा गठित उपभोक्ता समितिले पिकनिक क्षेत्र र हरियोली बनाउन काम शुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्