प्रदेश– २ सरकार भ्रष्टाचारमा लिप्त रहेको नेकपा नेता नेपालको आरोप



नेपाल समाचारपत्र, सर्लाही ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले २ नम्वर प्रदेशमा विकास बजेट सही रूपमा सदुपयोग हुन नसकेको बताउनुभएको छ। सर्लाही सदरमुकाम मलंगवामा बिहिबार आयोजित पार्टी कार्यालय भवनको समुदघाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता नेपालले प्रदेश २ सरकार विकास गर्नुको सट्टो भ्रष्टाचारमा बढी लिप्त भएको कारण विकास हुन नसकेको आरोप लगाउनुभयो। भ्रष्टाचार अन्त्य र सुशासन सरकारको पहिलो लक्ष भएकाले भ्रष्टाचारकव विरुद्ध लाग्न कार्याकर्तालाइ आग्रह गर्नुभयो।

२ नम्वर प्रदेशमा अहिले २५ प्रतिशत रकम मात्र विकासमा काम हुने र बाँकी ७५ प्रतिशत रकम दामासाही रूपमा भागबण्डा लगाएर खाने गरेकाले विकासमा पछि परेको उहाँको भनाइ छ। वरिष्ठ नेता नेपालले भन्नुभयो –यहाँ ५० करोडमा ठेक्का लिएर अर्को ठेक्केदारलाइ ४० करोडमा बेच्चने चलनछ, ३० करोडमा ठेक्का लिने ठेक्केदारले के काम गर्छ र अनी कसरी मधेशको विकास हुन्छ उहाले भन्नुभयो ।

सबैभन्दा बढी विकासको सम्भावना बोकेको २ नम्बर प्रदेशमा अझै धेरै नागरिक निरक्षर र अस्वास्थ्य भएको कारण मातृ मृत्यु दर र बाल मृत्यु दर बढेको उहाले बताउनुभयो ।

वरिष्ठ नेता नेपालले चुरे क्षेत्रमा हुने दोहन नरोकेसम्म तराईका बस्ती सुरक्षित हुन नसक्ने बताउँदै चुरे संरक्षण गर्न लागि सरकार लागि परेको बताउनुभयो।प्रदेश २ कृषि क्षेत्रका भएकाले सरकार कृषि क्षेत्रको क्षेत्रमा दिगो रुपमा योजना बनाएर लागि पर्ने बताउनुभयो।उहाले मरिण सुनकोसी डाइभ्रर्सनको काम सुरू भइसकेकोले चाँडै नै सुनकोसीको पानीले प्रदेश २ को सर्लाही, रौतहट, मोहतरी, धनुषामा, सिरहा सप्तरी लगायतका जिल्लमा सिचाई बताउनुभयो। उखु किसानको समस्या समाधान गर्न सरकार लागि परेको बताउदै अहिले किसान ठग्न उधोगीहरु नै लागी परेको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्