गाउँ बाल सञ्जाल पुनर्गठन



हिक्मत नेपाली, दैलेख ।
दैलेखको गुराँस गाउँपालिकाको बाल क्लव पुनर्गठन गरिएको छ । पुनर्गठित क्लबको अध्यक्षमा कल्पना रामजाली चयन हुनुभएको छ । क्लबको उपाध्यक्षमा भुपेन्द्र सुनार, सचिवमा झलक विसी, सह सचिवमा रिना विक र कोषाध्यक्षमा प्रकाण्ड विसी चयन भएका छन् । यसैगरी सदस्यहरुमा भूमिका थापा, कल्पना विसी, लक्ष्मी शाह, दिलिप भटराई, शुशिल खड्का र निश्चल परिवार रहेका छन् ।

बाल सञ्जाल पुनर्गठनसँगै बाल क्लवमा समावेशी सहभागीता सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । सेभ द चिलड्रेन र सोसेक दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको सहयोगमा सञ्चालित उक्त तालिमको सहजीकरण परियोजनाका बाल अधिकार शासन तथा बालसंरक्षण संयोजक निर्मल अधिकारीले गर्नुभएको थियो ।

बालबालिकाका आवाजहरुको उठान गरी समस्याको समाधान गर्न गाउँ बाल सञ्जालले सक्दो सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष कल्पना रामजालीले बताईन । ‘बालविवाह, छाउपडी, बालश्रम न्यूनीकरण लगायतका कार्य गर्न बाल सञ्जालले सक्रिय भूमिका निर्वाह गर्नेछ,’ अध्यक्ष रामजालीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्