जागिर लगाइने भन्दै ठगी गर्ने पक्राउ



हेटौंडा ।
आफूलाई राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउँदै ५ लाख दिए अनुसन्धान सहायक पदमा जागिर लगाइदिने भन्दै ठगी गर्ने बाराको देउताल–२ बस्ने वर्ष २८ का सुवास साहलाई हेटौंडामा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अनिश बुढाथोकीसमेत टोलीले हेटौंडा–१०, बसपार्कस्थित पोखरा होटलमा राष्ट्रिय अनुसन्धान विभागको दरखास्त फाराम भराउँदै गरेको अबस्थामा उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट विभिन्न व्यक्तिको नाममा रहेको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि एवम् दरखास्त फारामसमेत बरामद भएकोले उनीउपर थप उजुरी भए जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्