बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने !



Young brunette woman sleeping in bed covered with a beige flowered quilt

अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् ।

प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । टन्न सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।

नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । तपाईं पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सुत्नुस् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्