सिलिण्डर ग्याँस विस्फोट, एकको मृत्यु



बारा ।
घरमा आएका छिमेकी र पाहुँनालाइ्र्र चिया बनाएर दिने क्र्र्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा गत साता भएको ग्यास सिलिण्डर विष्पोटनमा भएकी स्थानीय ज्ञानुमाया मोक्तानको बुधबार राति उपचारको क्र्रममा काठमाण्डौंमा मृत्यु भएको छ । वडा अध्यक्ष रामशरण बर्तौलाका अनुसार काठमाण्डौंस्थित किर्तिपुर अस्पतालमा उपचाररत मोक्तानको मृत्यु भएको हो ।

घटनामा गंभिर घाइते अन्य ६ छन उपचारमा छन । आर्थिक अभावका कारण घाइतेले उपचारमा समस्या बेहोरिरहेको र सहयोगको लागि उपमहानगरपालिकाको पहलमा आर्थिक संकलन थालिएको प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

स्थानीय नजरमानको घरमा आएका छिमेकी र पाहुनालाइ्र्र चिया पकाउने क्रममा सल्किएको आगोबाट नया ग्यास सिलिण्डर विष्पोट भएको थियो । प्रहरीका अनुसार छलफलका लागि आएका छिमेकीलाई चिया बनाएर दिने क्र्रममा लिक भएको ग्यासमा आगो लागेर सिलिण्डर पड्किएको हो ।

मृतक बुहारी ज्ञानीमायाले रेगुलेटर जोडन नसकेको जानकारी गराएपछि आगो बाल्ने क्रममा भान्सामा पुगेका सबै जना विष्पोटमा परेका थिए । पहिले नै ग्यास लिक भइसकेको र रेगुलेटर जोडेर आगो बाल्ने बित्तिकै आगलागी भएर सिलिण्डर बिष्पोट भएको इलाका प्रहरी कार्यालयका नायव निरीक्षक कमलबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्