लोकसेवाको विज्ञापन रद्ध नगरौंः महेश बस्नेत



काठमाडाैं । सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले प्रदेश लोकसेवा आयोग गठन गरेपछि क्षतिपूर्ति दिनेगरी अहिले लोक सेवा आयोगले खुलाएको विज्ञापन अगाडि बढाउन सुझाव दिएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै नेकपा सांसद बस्नेतले प्रदेश लोक सेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिने बताएका हुन् ।

‘लोकसेवाले खुलाएको ९ हजार १ सय विज्ञापन रोक्न संसदीय समितिले निर्देशन गरेपछि विज्ञापन विवादमा परेको छ । संघीयता पक्षधरले यसको विरोध जनाएका छन्,’ बस्नेतले भने, ‘प्रदेश लोकसेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिन्छ । संसदीय समितिलाई गम्भीर भएर निर्णय गर्न सुझाव दिन्छु,’ बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस्