सर्वसाधारणको जग्गा कब्जा गर्दै जनप्रतिनधि



 सुनसरी ।  सार्वजनिक जग्गा पहुँचवालाले हड्पिरहेको समाचार बाहिर आइरहेका बेला जनप्रतिनिधिले समेत व्यक्तिको जग्गा हड्पेको भेटिएको छ । सुनसरीको रामधुनी नगरपालिका– १ का वडा सदस्य हरिवंश साह रौनियारले झुम्कास्थित स्थानीय बासिन्दाको जग्गामा रातारात किला ठोकेर आफ्नो भएको दाबी गरेका छन ।

सोझा जनता र हेप्न सक्नेलाई रौनियारले झुक्याएर उनीहरु नभएको बेलामा जग्गा कब्जा गर्दे आएका छन । जनप्रतिनिधिको दम्भ देखाउँदै आफूलाई थाहा नै नदिइ जग्गा हड्पेको एक स्थानीयले बताएका छन ।

स्थानीयले वडा सदस्य रौनियारसँग किन हाम्रो जग्गा हड्पेको भनेर प्रश्न गर्दा चुनावमा भोट हाल्ने बेलामै हड्प्ने थियौं भोट नआउला भनेर त्यतिबेला केही नगरेको भनेर रौनियारका छाेराहरूले धम्की दिएको स्थानीयले गुनासो गरेका छन् । रौनियारले बेलामा मौकामा धम्की दिँदै जग्गा हड्प्ने गरेको समेत स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्