ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ



काठमाडौं । कोटेश्वरबाट गाईघाट जाने क्रममा कोटेश्वर चोकमा स १ ज ४८४ नम्बरको टाटा सुमो चालक आशाराम चौधरी ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन ।

कोटेश्वर ट्राफिक प्रहरी प्रमुख शुरेश कुमार ठाकुरलाई ५ सय घुस दिन खोज्दा उनि पक्राउ परेका हुन । प्रहरीले पछिल्लो समयमा उपत्यकामा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालकाई समाएर मुद्दा चलाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्