ट्विट गर्ने पत्रकारलाई छाड्न सर्वोच्चको आदेश



नयाँदिल्ली,(एजेन्सी)
भारतको सर्वोच्च अदालतले शनिवार उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथकोबारे टिव्ट गरेकै अभियोगमा पक्राउ गरिएका एकजना पत्रकारलाई रिहाई गर्न भारतको सर्वोच्च अदालतले मंगलवार आदेश दिएको छ ।

प्रशान्त कनोजिया नामक ति पत्रकारले आदित्यसंग अवैध सम्बन्ध रहेको बताइएकी एक महिलाको भिडियो टिवटरमा सेयर गरेका थिए । सो भिडियो क्लिपमा ति महिलाले आदित्यलाई ‘ के तपाईं मसंग बाँकी जीवन बिताउन चाहनुहुन्छ ? भनी प्रशन गरेको देखिन्छ ।

प्रहरीले मुख्यमन्त्रीको बदनाम गरेको आरोपमा उनलाई घरबाटै पक्राउ गरेको थियो । एउटा भारतिय टेलिभिजन च्यानलमा काम गर्ने अन्य दुई जना पत्रकार अनुज शुक्ला र इसिका सिंहलाई पनि शनिवार आदित्यनाथको छविमा आँच पुग्ने खालको छलफल कार्यक्रम चलाएको अभियोगमा गिरफतार गरिएको थियो ।

तर यो अभियोग पनि सोही भिडियोसंग सम्बन्धित छ वा छैन भन्ने स्पष्ट भएको छैन । साथै पेशाले पत्रकार नरहेका अन्य तीनजना व्यक्तिलाई पनि उत्तर प्रदेश राज्यमा आदित्यनाथ विरुद्ध नकारात्मक सामग्रीहरु सेयर र पोस्ट गरेको अभियोगमा गिरफतार गरिएको छ ।

यस अर्थ विगत तीन दिन भित्र आदित्यनाथकै विषयलाई लिएर कूल छ जनालाई पक्राउ गरिएको छ । कनोजियाकी पत्नी जागिसा अरोराले सोमवार उनको पक्राउ विरुद्ध अदालतमा अपिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्