पाकिस्तानमा आर्थिक संकटः महिनाको अन्त्यसम्ममा सम्पत्ति घोषणा गर्न प्रधानमन्त्रीको आह्वान



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा गरेको सम्बोधनमा पाकिस्तानलाई सही मार्गमा ल्याउन र गरिबको जीवनमा सुधार ल्याउन आ–आफनो ठाउँबाट जिम्मेवारी निभाउन नागरिकलाई आग्रह गरेका छन् ।

इमरान खानले देश भित्र र बाहिर रहेको वैध तथा बेनामी सम्पत्तीको फरक थाहा पाउन सबै पाकिस्तानीलाई जुन ३० सम्ममा आपनो सम्पत्तीको घोषणा गर्न भनेका छन् ।

जुन ३० सम्ममा आफनो बेनामी सम्पत्ती, बेनामी बैंक अकाउन्ट, विदेशमा राखिएका पैसा सार्वजनिक गर्न आग्रह गर्दै जुन ३० पछि यो अवसर नपाउने चेतावनी खानले दिए ।

विगत १० बर्षमा पाकिस्तानको ऋण ६ हजार अर्ब बाट ३० हजार अर्ब रुपैयासम्म पुगेको छ । बर्षमा करबाट संकलन हुने ४ हजार अर्ब रुपैयामा आधा रकम ऋणको किस्ता तिर्नमा खर्च हुने गरेको उनले बताए । बाँकी पैसाले देशको खर्च नचल्ने उल्लेख गर्दै पाकिस्तानी जनता विश्वमै सबैभन्दा कम कर तिर्ने केही मुलुकहरु मध्यकोमा पर्ने खानले बताए । ‘यदि हामी तयार हुने हो भने कम्तीमा हरेब बर्ष १० हजार अर्ब रुपैया संकलन गर्न सकिनेछ ‘– उनले बताए ।

जुन ३० सम्मको अल्टिमेटम दिँदै पाकिस्तानी प्रधानमन्त्रीले भने– म तपाईहरु सबैलाई अपिल गर्दछु, सम्पत्ती घोषणा गर्ने योजना लिएर आएो छु, त्यसमा तपाईहरु सबै सहभागी हुनु पर्ने छ । हामी आफैमा परिवर्तन हुन आवश्यक छ । अल्लाह कुरानमा भनेको छ, कुनै समुदायको स्थितिलाई परिवर्तन तब मात्र हुन्छ जब आफनो स्थितिमा परिवर्तन ल्याउन तयार हुन्छ । हाम्रो सरकारसँग ती सुचनाहरु छ , जुन पहिलेका कुनै पनि सरकारसँग थिएन । विदेशमा पाकिस्तानको सम्पत्ती र बैंक अकाउन्टकाु सुचना मसँग छ ।

इमरान खानको सरकार भयानक आर्थिक संकटसँग जुधिरहेको छ । यस बर्षको पाकिस्तानको बजेट १ खर्ब ९७ अर्ब डलरको घाटा बजेट प्रस्तुत गर्नेछ । गतबर्षको बजेट १खर्ब १९ अर्ब डलरको थियो ।

पाकिस्तानका विदेशी मुद्रा भन्डार लगातार कम भइरहेको छ । पाकिस्तानसँग ७ अर्ब डरल विदेशी मुद्रा बचेको छ । सन् २०१५ मा पाकिस्तानको बजेट घाटा २ अर्ब ७० करोड थियो , जुन सन् २०१८ मा बढेर १८ अर्ब २० करोड डलर पुगेको थियो ।

सन् २०१८ को जुन महिनाको अन्तसम्म पाकिस्तानको कुल सरकारी ऋण १ खर्ब ७९ अर्ब ८० करोड डलर पुगेको थियो । एक बर्षमै २५ अर्ब डलर बृद्धी भएको थियो ।

यस असवधीमा पाकिस्तानमाथि विदेशी ऋण मात्र ६४ अर्ब १० करोड डलर थियो भने सन् २०१९ मा यो बढेर ६५ अर्ब ८० करोड डलर पुगेको छ । महँगी दर ९ दशमलव ४ प्रतिशत नाघेको छ । यो विगत पाँच बर्षकै सबैभन्दा उच्च हो । पाकिस्तानी मुद्रा रुपैयामा आएको गिरावतले पाकिस्तानको आयात बिल बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्