पायलटको मृत्यु



न्युयोर्कसिटी,(एजेन्सी)
अमेरिकाको न्युयोर्क सिटीको म्यानह्याटन स्थित एउटा गगनचुम्वी घरको छानामा आपतकालिन अवतरण गर्ने क्रmमा भएको हेलिकोप्टर दुर्घटनामा त्यसका पायलटको मृत्यु भएके प्रहरीले जनाएको छ ।

साे अनियन्त्रित हेलिकोप्टर एएक्सए इक्विटेबल सेन्टरमा बेस्सरी ठोक्दिा हेलिकोप्टरमा आगो लागेको लागेको तथा अन्य कुनै व्यक्ति हताहत नभएको बताइएको छ । मारिने कुशल विमान चालकको नाम टिम म्याककोर्माक भएका तथा घटनाबारे अनुसन्धान शुरु भइसकेको बताइएको छ । प्रत्यक्षदर्शीहरुले दुर्घटना हुँदा सो भवन नै हल्लिएको र यसले सन् २००१ को ११ सेप्टेम्वरको विमान आmत्रमण सम्झाएको बताएक छन् ।

प्रतिक्रिया दिनुहोस्