रुस्लान अल्ट्रा प्रिमियम भोड्काले जित्यो ग्रान्ड गोल्ड क्वालिटी अवार्ड



रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित ५७औं मोन्डे सेलेक्सन अवार्डस्मा स्प्रिट एन्ड लिक्वर वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड पा“च विभिन्न मापदण्डमा आधारित थियो– स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृश्यताको स्वरुप ।

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञ, सेफ, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आंकलनका लागि सन् १९६१ मा शुरु गरिएको हो ।

रुस्लान अल्ट्रा प्रिमियम भोड्का २०७५ मंसिरमा बजारमा ल्याइएको हो । ‘हामी यो सम्मान पाउ“दा गौरवान्वित भएका छौं । यो हाम्रो नव आविष्कार र सर्वोत्कृष्ट मदिराजन्य उत्पादनहरूको विशिष्टताको सम्मान हो,’ जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भन्नुभयो ।

ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले भन्नुभयो– ‘हामी स्रोतबाट उत्तम कच्चापदार्थ ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गर्छौं । यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो ।’

प्रतिक्रिया दिनुहोस्