रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध



रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स यस क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

उक्त आबद्धतापछि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आन्तरिक भुक्तानी प्रणालीमा एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकम र लगानी सम्बन्धी कारोबार त्यस संस्थासंग आबद्ध भएका बैंक खाताबाट सोभैm गर्न सक्नेछ ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो ( प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबार सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीका बैंक खाताबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्