हाइड्रोमा आगलागी हुँदा ५ करोडको क्षति



इलाम, (नेस)
इलाम नगरपालिको पुवाखोलास्थित जोशी जलविद्युत् आयोजनामा मंगलबार दिउ“सो आगलागी भएको छ । आगलागीबाट पा“च करोड रुपिया“ बराबरको क्षति भएको छ ।

जोशी हाइड्रोपावर कम्पनीद्वारा निर्मााण गरिएको तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान भएको दुईवटा टर्वाइनमध्ये एउटामा आगलागी भएको आयोजनाका कर्मचारी चन्द्रबहादुर राईले बताउनुभयो ।

डेढ मेगावाट क्षमताको एउटा टर्वाइन भने बिग्रिएको छ । त्यहा“बाट डेढ मेगावट विद्युत् उत्पादन भइरहेको छ ।

आगो स्थानीयबासी, आयोजनाका कर्मचारीले करिब एकघण्टापछि नियन्त्रणमा लिएका थिए । आगो निभाउन इलाम नगरपालिकाबाट गएको दमकल भने आगो नियन्त्रणपछि मात्र पुगेको थियो । आयोजनामा जडान गरिएको टर्वान चाइना कम्पनीको रहेको आयोजनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्