सात बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै पुनर्निर्माणसम्बन्धी दक्षिण एसियाली सम्मेलन सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं
सात बु“दे काठमाडौं कार्ययोजना पारित गर्दै विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले दक्षिण एसियामा विपद्पछिको पुनर्निर्माण र पुन स् स्थापनामा दिगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहलस“ग सहकार्य गर्न आग्रह गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा स्थानीय तहस“ग सहकार्य गर्दै जिम्मेवारी र अधिकार हस्तान्तरण गरेकाले महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहा“ले भन्नुभयो–‘ पुनर्निर्माणमा हामीले स्थानीय तहस“ग गरेको सहकार्य अन्तर्राष्ट्रिय रुपमा पनि नमूना हुन सक्छ ।’

कार्ययोजनामा नेपालले स्थानीय तहमा गरेको सुधार र भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकार तथा स्थानीय सरकारका संघलाई राष्ट्रिय कार्यढा“चा अनुकुल आफ्नै विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिहरु बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सफा र नवीकरणीय ऊर्जाका प्रावधान सुनिश्चित गर्न जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकार लाई संलग्न गराउनुपर्ने आवश्यकता महशुस गर्न राष्ट्रिय सरकारलाई आह्वान गरिएको छ ।

सम्मेलनले विश्वका मुद्दालाई स्थानीय तहमा लागू गर्नका लागि स्थानीय सरकारको संस्थागत, संगठनात्मक, वित्तीय एवम् प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आह्वान पनि गरेको छ ।

त्यस्तै, स्थानीय सरकारका नीति निर्माण, योजना तथा निर्णय प्रक्रियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न, निर्णय प्रक्रियामा महिला तथा जोखिमयुक्त वर्गको अर्थपूर्ण सहभागिता वृद्धि गर्न राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा स्रोत उपलब्ध गराउने कार्यको महत्वमाथि जोड दिएको छ ।

सम्मेलनले स्थानीय सरकारमार्फत दिगो विकास लक्ष्य, शहरी मुद्दा एवम् विपद् जोखिम न्यूनीकरण सेन्डाई फ्रेमवर्कको प्रभावकारी स्थानीयकरणका लागि स्थानीय सरकार लाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ मा जापानमा भएको सम्मेलनले विपद् न्यूनीकरणका लागि सन् २०३० सम्मको सेन्डाइ फ्रेमवर्क तयार पारेको थियो ।

त्यसैगरी विश्वका मुद्दाको स्थानीयस्तरमा प्रभावकारी कार्यान्वयनका अनुभव तथा सकरात्मक अभ्यास साझेदारी गर्न दक्षिण एसियाका स्थानीय सरकार तथा तीनका संघबीच सहयोग वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउ“पालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभर्मेन्ट–एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, इण्डोनेसिया, श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि एवम् विज्ञहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्